इटहरी ।  वैदिक दर्शन र पुर्विय संस्कार सहितको शिक्षामा जोड दिदै अध्ययन अध्यापन गराउदै आएको सुनसरीको इटहरीमा रहेको नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले ११ औ अभिभावक दिवश तथा पुरस्कार वितरण एक औपचारिक कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।

     कार्यक्रम  विद्यालय सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार सुब्बाको अध्यक्षता तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनको प्रमुख आतिथ्यमा भएको नेपाल डिभिएम स्कुल इटहरीले ११औ अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।WhatsApp Image 2025-03-06 at 18.11.39 1

    स्कुलले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट कर्मचारी ,शिक्षक , विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान र पुरस्कृत गरियो । विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका बिद्यार्थीको सहभागितामा अभिभावक दिवश आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक डाक्टर वेणु सिटौलाले जानकारी दिए । WhatsApp Image 2025-03-06 at 18.11.38 (2)

 विरगंज औधोगिक क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन पुस्तक विक्री गर्दै आएका वैज्ञानिक डा.पुन का १सय ५० पुस्तक किनेर नेपाल डिभिएम स्कुलले सहयोग पुर्याउने काम समेत सोही अवसरमा गरेको छ ।

कार्यक्रममा प्रमुख अथिती बैज्ञानिक डा. पुनले आफ्नो जिवनका विभिन्न पाटाको जानकारी गराउदै विद्यार्थीलाई उत्प्रेरणा जगाउने काम गरेका थिए । WhatsApp Image 2025-03-06 at 18.11.38 (1)

विद्यालयमा अध्यनरत विद्यार्थीहरुले बनाएका विज्ञान तथा शैक्षिक प्रर्दशनी गरेका थिए भने कार्यक्रममा विभिन्न भेषभुषामा सजिएर सांस्कृतिक प्रस्तुतहरु  गरेका थिए । सो कार्यक्रममा अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।