इटहरी । सुनसरिको इटहरी स्थित पर्फेक्ट इङलिस स्कुलले बुधबार १० औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेको छ ।
स्थापनाको छोटो समयमा बेग्लै पहिचान बनाउन सफल स्कुलले बिभिन्न कार्यक्रमहरू गरि वार्षिकोत्सव संगै अभिभावक भेला कार्यक्रम सम्पनन गरेको हो । विद्यालयकी अध्यक्ष सुषमा गिरीको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा सा,साना बिद्यार्थीहरूले मन मोहित सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेका थिए भने जनचेतना मुलक नाटक पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रमा बिदयालयले वर्ष भरी गरेको बिभिन्न गतिविधिहरूमा उत्कृस्ट हुने बिद्यार्थीलाइ पुरस्कार तथा सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी प्याव्सन इटहरी नगर अध्यक्ष सुर्यमणी निरौलाले विद्यार्थीहरुलाई पाठ्यपुस्तकका साथै अतिरिक्त क्रियाकपालमा सहभागी गराएर व्यवहारिक ज्ञान समेत प्रदान गर्दै आएको बिद्यार्थीहरूको कला कौशलको खुलेरै प्रसंसा गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा कृही दिन आगाडी वर्ष भरी गरिएका विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण सम्पन्न गरिएको प्रिन्सिपल रामकुमार गिरीले जानकारी दिए । त्यस्तै कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुका अभिभावकहरु लाई पनी सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजसेवीहरु कमल रेग्मी,विरेन लिम्बु,भिम घिमिरे लगायतको सहभागिता रहेको थियो ।
विद्यालयमा पिजी देखी कक्षा ८ सम्म ३ सय बढी विद्यार्थीहरु अध्यनरत रहेको छ ।