इटहरी । संस्कार,प्रविधी र सिप सहितको शिक्षा प्रदान गर्दै आएको इटहरी ५ स्थित मकालु इग्लिस बोडिङ्ग स्कुलले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा १२ जना ज्येष्ठ नागरीक,पुर्व विद्यार्थी,शिक्षक तथा पत्रकार सम्मान सहित शैक्षिक प्रर्दशनी, सास्कृतिक झल्कने कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पुर्याएको योगदानको मदर गर्दै नागरिक दैनिकाक पत्रकार अमर खड्कालाई सम्मान गरिएको गरिएको छ ।
सोही अवसरमा पूर्व विद्यार्थी डाक्टर उज्ज्वल पौडेल र इन्जिनियर सुभाष आचार्य, स्कुलका सहायक प्रिन्सिपल मणी पौडेल र शिक्षिका सानु शेर्पालाई सहित ७२ वर्ष देखी ८६ वर्ष पुगेका ज्येष्ठ नागरिक अभिभावकहरूलाई पनि सम्मान गरियो ।
सम्मानित हुनेहरुमा रत्नमाया ढकाल, हीरालाल दर्जी, दिलमाया कार्की, पदमबहादुर विष्ट,रुकमणी दुलाल, हरिमाया अधिकारी, रत्नमाया कार्की,हिरामाया दर्जी,गणेश गिरी लगायत रहेका थिए । 
सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र इटहरी उपप्रमुख सङ्गीता कुमारी चौधरीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
कार्यक्रका प्रमुख अतिथि मन्त्री भण्डारीले नेपालको शिक्षा क्षेत्रमा निजि क्षेत्रको बेग्लै पहिचान संगै भुमीका महत्वपुर्ण रहेको बताए ।
निजि क्षेत्र संग सहकार्य नगरी कोशी प्रदेश सरकार अघि बढदैन ,बिद्यार्थीहरूलाइ प्रविधि संग जोडेर शिपमुलक शिक्षा अहिलेको आवस्यक्ता हो । 
सरकारले शिक्षा क्षेत्रमा अरबौ लगानी गरेपनि प्रतिफल आशालाग्दो नभएकोले स्थानिय तहहरूलाइ आफ्नो क्षेत्रको शिक्षालयको नियमनको जिम्मा दिएको मन्त्री भण्डारीले बताए
निजि शैक्षिक संस्थाहरूसंग सहकार्य गरेर, शिक्षा, स्वास्थ्यलाइ प्राथमिकतामा राखेर तिनै तहको सरकारले सहयोग गर्नु पर्ने मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल थानेश्वर (नेलशन) ढकालले बताए । 
बालबालिकाको भविष्य निर्धारण गर्ने पहिलो स्थान भनेको बिद्यालय भएको कारण सरकारले सामुदायिकलाइ काखि च्याप्ने र निजिलाइ अपनत्व नदिने काम गरिरहेको छ ।
अबको शिषा प्रविधिमैत्री हुनुपर्छ ,शिप संग जोडेर बिद्यार्थीहरूलाइ व्यवहारिक शिक्षा प्रदान गर्ने लक्ष्य सहित यस स्कुल अघि बढेको पनी प्रिन्सिपल ढकालले जोड दिए ।
कार्यक्रममा विद्यार्थीहरूले सिकेको सैद्धान्तिक ज्ञानको प्रयोगात्मक अभ्यास शैक्षिक प्रदर्शनी तथा कला ,सस्कृती झल्कने सास्कृतिक कार्यक्रम , नाटक प्रस्तुत गरिएको थियो भने परिक्षामा उत्कृष्ट नतिजा ल्याउने नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु लाई पुरस्कृत गरिएको छ । 
मकालु स्कुलका प्रिन्सिपल थानेश्वर (नेलशन) ढकालको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा हिशान केन्द्रिय सदस्य मुकुन्द घिमिरे,हिशान सुनसरीका अध्यक्ष सागर भट्टराई,नागरिक कामाज इटहरीका अध्यक्ष राजकुमार राई लगायतको सहभागिता रहेको थियो । 




















