इटहरी ।  इटहरी ४ स्थित सिवि आवसिय सेकेण्टरी स्कुलले शुक्रबार  अभिभावक दिवश तथा पुरस्कार बितरण समारोह सम्पन्न गरेको छ । 

स्कुलका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयले बिभिन्न समयमा आयोजना गरेको खेलकुद तथा परिक्षाहरूमा उत्कृस्ट नतिजा ल्याउने बिद्यार्थिहरूलाइ पुरस्कार बितरण गरेको थियो । 

कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका आन्तरिक मामीला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बिद्यार्थीहरूलाइ सुभकामना सहित पुरस्कार बितरण गरेका थिए । 

कार्यक्रममा बिद्यार्थीहरूले बिभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेका थिए । कार्यक्रममा ५ सय भन्दा बढी अभिभावकहरूको उपस्थिती रहेको प्राचार्य खेमराज बास्तोलाले जानकारी दिए । WhatsApp Image 2025-03-01 at 09.58.33

कार्यक्रममा २०८० को एस.इ.इ मा उकृष्ट हुने सायरा कुवर र सानै उमेरमा ब्ल्याक बेल्ट प्रप्त गरेकँ युसरा राउत लाई सम्मना गएिको छ । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती दिनेश भट्टराई,हिशानका केन्द्रिय सदस्य मुकुन्द घिमिरे लगायतको सहभागिता रहेको थियो । 

विद्यार्थीलाई कितावी शिक्षाका साथै सस्कारयुक्त सिकाईमा जोड दिदै पठनपाठन गराउदै आएको र विद्यार्थीहरुले सिकेका कुराहरुलाई प्रदर्शनी गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको समेत प्रिन्सिपल  बास्तोलाले बाल कक्षा देखि कक्षा १० सम्मको अध्ययन हुने विद्यालयमा ५सय वढी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।