इटहरी ।  इटहरी उपमहानगर पालिका ४ मा रहेको  सुनसरी सेन्ट जेभियर सेकेण्डरी इगंलिस बोडिगं स्कुलले अभिभावक भेला, तथा वनभोज कार्यक्रम  सम्पन्न गरेको छ ।

 विगतको वर्ष भन्दा यो वर्ष फरक ढंगले स्कुलले अभिभावक दिवश सम्पन्न गरेको हो ।

 बिद्यालय प्राङगणमा अभिभावक दिवस गरेर भाषण बाजीमा सिमित कार्यक्रमलाइ यो वर्ष फरक तरिकाले प्रस्तुत गरिएको स्कुलका सस्थापक प्रिन्सिपल कविन्द्र मण्डलले बताए । WhatsApp Image 2025-03-01 at 09.58.36

अभिभावकलाइ मनोरञ्जन दिलाउने उद्येश्य सहित यो वर्ष इटहरीको पर्यटकीय स्थल तालतलैया क्षेत्रमा बनभोज संगै बिभिन्न खेलकुद आयोजना गरी बार्षिकोत्सव तथा अभिभावक दिवश मानइएको प्रिन्सिपल मण्डलले जानकारी गराए । WhatsApp Image 2025-03-01 at 09.58.34

बनभोज संगै रमाइलो सांस्कृतिक कार्यक्रमहरू र बिभिन्न खेलकुद बेलुन दौड , हण्डी फोर र म्युजिकल चेयर लगायत प्रतियोगितामा अभिभावकहरूलाइ सहभागि गराइ उत्कृष्ट हुनेहरु सरिता कट्वाल,रञ्जना नेपाल,श्यमकुमारी राई,सुनमाया राई लाइ पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा सामाजसेवी कमल राई,रमेश अधिकारी,सुमित्रा राई लयगायतको अतिथी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।