इटहरी । सुनसरीको इटहरीमा रहेको सिटी मन्टेश्वरी स्कुलले अभिभावक दिवस तथा दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । 

 ब्यवसथापन समिति अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षता तथा इटहरी उपमहानगर वडा नं ४ का वडा सदस्य अमृत बस्नेतको प्रमुख आतिथ्यमा भएको रहेको अभिभावक दिवस तथा दिक्षान्त समारोहमा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै माया घर नेपालकी अध्यक्ष सुभद्र प्याकुरेललाई दोसल्ला र कदर पत्र सहित सम्मान गरिएको थियो ।

नर्सरी देखि कक्षा ३ सम्मको पठनपाठन हुने सिटी मन्टेश्वरी स्कुलको अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम,नाटक  प्रस्तुत गरेका थिए । वि.सं.२०६९सालमा स्थापना गरिएको सिटी मन्टेश्वरी स्कुलमा हाल १ सय ७० जना विद्यार्थीहरु अध्ययनरत रहेको र यही शैक्षिक सत्र देखी कक्षा ४ सम्म पठनपाठन हुने पनी  विद्यालयकी प्राचार्य निर्मला गुरागाई घिमीरेले जानकारी गराइन । WhatsApp Image 2025-03-01 at 09.58.33 (1)

उनले विद्यालयमा संस्कार ,संस्कृति र प्रविधि लगायत समयानुकुल शिक्षामा जोड दिदै आएको समेत वताइन । 

अभिभावक दिवसमा तरहरा किड्स ह्याप्पी होमकी प्रिन्सिपल रिता भुषाल आचार्य,मुर्तीकार अभिषेक तिम्सिना लगायतका अथिती, अभिभावकहरुको  सहभागिता रहेको थियो ।