इटहरी । सुनसरीको इटहरी स्थित कस्तुरी एकेडेमीले शुक्रबार १८ औ अभिभावक दिवश विभिन्न कार्यक्रम गरि भब्यताका साथ मनाएको छ ।
स्कुलको प्राङगणमा आयोजित अभिभावक दिवशमा नागरिकहरुलाई सुशुचित गर्ने माध्यम पत्रकारिताको क्षेत्रमा आवद्ध भएर सामाजिक विकासको क्षेत्रमा योगदान पुर्याएको भन्दै सप्तकोशी टेलिभिजनका प्रवन्ध निर्देशक बिकल रेग्मी तथा सामाजिक ब्याक्तित्व सहित तिन जना सञ्चारकर्मीहरूलाइ सम्मान गरिएको थियो ।
त्यस्तै सञ्चारकर्मीहरू नेपाल टेलिभिजन इटहरीकी समाचार वाचिका उषा किरण घिमिरे र बिराट टेलिभिजनका प्रवन्ध निर्देशक बिकल पौडेललाइ पनी सम्मान गरेको छ ।
बिभिन्न विधाबाट इटहरीमा निरन्तर महत्पुर्ण भुमीका निर्वाह गर्ने बिभिन्न बिधाका गायन क्षेत्रमा रहि सांगेतिक दुनीयाको मनोवल बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका रंगकर्मी रमेश कुमार विष्ट , खेलकुद बिकासमा सहयोगको भुमीका निर्वाह खेलेको भन्दै राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव कुमार विष्ट , गायन क्षेत्रमा बेग्लै पहिचान बनाइ योग्दान गर्ने लेखनाथ ( चण्डीका ) निरौलालाइ सम्मान दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको हो । 
त्यस्तै निसाहाय र सडक मानवलाई संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै इटहरीमा रहेको निःसाहाय बालबालिका सेवा आश्रम र माया घर नेपाल लाई पनी सममान गरिुएको छ ।
कार्यक्रम राष्ट्रिय झण्डा फहराएर उदघाटन भएको कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले शिक्षा क्षेत्रको विकास र प्रवर्दनमा सामुदायिक मात्र नभइ निजि बिद्यालयको पनि योग्दान त्यतिनै अमुल्य रहेको बताउदै मन्त्री भण्डारीले कोशी सरकारले चाडै शिक्षा ऐन बनाएर कार्यानवयन गर्नेतर्फ अग्रसर रहेको उल्लेख गरे ।
स्कुलले प्रत्येक वर्ष सामाजिक क्षेत्रमा योगदान गर्ने ब्याक्तित्वहरूलाइ प्रत्यक वर्ष अभिभावक दिवसमाको अवसर पारेर सम्मान गर्दै आएको विद्यालयका प्राचार्य भुपेन्द्र न्यौपाने जानकारी गराए ।
कस्तुरी एकेडेमी स्कुलका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित अभिभावकहरूलाइ मनोरञ्जन प्रादन गर्न अध्ययन्नरत बिद्यार्थीहरूले रमाइलो सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेका थिए । 
त्यस्तै कस्तुरी एकेडेमीका प्राचार्य कमलेश शर्मा पौडेलले स्कुलले विद्यार्थिहरुको क्षमता विकासमा प्रविधीयुक्त शैशिक गतिविधीका साथै अतिरिक्त क्रियाकलापहरु गर्दै आएको बताए । 
विद्यालयले प्रत्यक वर्ष झै यस वर्ष विभिन्न क्षेत्रमा योगदान गरेका ब्यतित्वलाइ सम्मान गरिदै आएको जनी जानकारी गािए । विद्यालय परिसरमा विद्यार्थीहरुले बनाएका शैक्षिक तथा विज्ञान प्रर्दशनीको अभिभावकहरु ल्गायतले अवलोकन गरेका थिए । 




















