इटहरी । सुनसरीको इटहरीमा रहेको नर्थपोइण्ट वोर्डिगं स्कुलले एक औपचारिक कार्यक्रमको आयोजना गरि २८औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । 

   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.प्रसन्न दाहालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । 

अभिभावकहरुको उलेख्नीय सहभागिता रहेको वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । हास्य कलाकार तुलसी घिमीरेको समेत कार्यक्रममा प्रस्तुति रहेको थियो ।WhatsApp Image 2025-02-27 at 15.57.09 (1)

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष रतन कार्की नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल नेलशन लगायतको आतिथ्य रहेको थियो ।WhatsApp Image 2025-02-27 at 15.57.09

नर्थपोइन्ट वोर्डिगं स्कुलमा वाल कक्षा देखि कक्षा १२ सम्मको अध्ययन अध्यापन हुँदै आएको छ ।