इटहरी । पाठ्यपुस्तकको अध्ययन अध्यापनका साथै व्यवहारिक ज्ञान समेत सिकाउदै आएको सुनसरीको इटहरीमा रहेको सीबी आवासिय सेकेण्डरी स्कुलले विद्यार्थीको सहभागितामा फुडफेस्टीवल आयोजना गरेको छ ।
शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सहभागी गराउदै आएको सीवी आवासिय सेकेण्डरी स्कुलका विद्यार्थीले तयार पारेका विभिन्न परिकारहरुको स्टल राखेर फुडफेस्टिवल आयोजना गरेका हुन ।
विद्यालयको अभिभावक दिवसको अघिल्लो दिन विद्यार्थीले वनाएका खानाका परिकार सहितको स्टल राखिएको छ ।
अभिभावक दिवसमा सहभागी हुने अभिभावकहरुलाई प्रर्दशन सहित विक्री गर्ने गरि विद्यार्थीले खानाका परिकारको स्टल राखेका हुन । 
शिक्षाका साथै विद्यार्थीलाई सस्कार र आधारभुत आवश्यकताका विषयहरुमा समेत ज्ञान दिदै आएको विद्यालयका प्रिन्सिपल खेमराज बास्तोलाले जानकारी दिए । विद्यार्थीलाई कितावी शिक्षाका साथै सस्कारयुक्त सिकाईमा जोड दिदै पठनपाठन गराउदै आएको र विद्यार्थीहरुले सिकेका कुराहरुलाई प्रदर्शनी गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको समेत प्रिन्सिपल बास्तोलाले बाल कक्षा देखि कक्षा १० सम्मको अध्ययन हुने विद्यालयमा ५सय वढी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।




















