इटहरी । महाशिव रात्री हिन्दु धर्मालम्वीहरुले कोशी प्रदेशका विभिन्न ठाउँहरुमा पनि धुमधामका साथ भगवान शिवको पुजा आरधना गरेर मनाइरहेको छ ।
सोही क्रममा सुनसरीको इटहरीमा पनी महाशिवरात्रीको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले बिभिन्न कार्यक्रमहरू गरी मनाएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी संयोजक ब्रह्माकुमारी सारदा दिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिव ताण्डवसँगै विभिन्न धार्मिक नृत्यहरू प्रस्तुत गरिएको थियो।
संस्थाकी संयोजक सारदाले कार्यक्रमबीच महाशिवरात्रि किन मनाइन्छरु शिवको अवतार, गुण तथा विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेखित महिमाबारे वर्णन गरेकी थिइन्।
कार्यक्रममा शिवरात्रिको अद्वितीय महत्वको विषयमा आध्यात्मिक प्रवचन एवम् विविध सांस्कृतिक नाटक तथा नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। 
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले अहिलेको परिस्थितिमा आध्यात्मिक ज्ञान बोकेका मानिसहरू भेटिन छाडेको बताए ।
उनले समाजमा आध्यात्मिक ज्ञान फैलाउनुपर्ने अहिलेको आवश्यक्ता भइसकेको उल्लेख गर्दै मानिसमा सकारात्मक भन्दा नकारात्मक विचारहरू हाबी हुन थालेको तर्क राखे। सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रहरूमा नकारात्मक विचार हाबी हुँदा सकारात्मक तर्क, कामहरू ओझेलमा परेको उल्लेख गर्दै मन्त्री भण्डारीले आध्यात्मिक ज्ञान बाँड्दा सकारात्मक ऊर्जा प्राप्त हुने बताए।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी संचालिका ब्रह्माकुमारी सारदा दिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिव ताण्डव ,धार्मिक नाटक सँगै विभिन्न धार्मिक नृत्यहरू प्रस्तुत गरिएको थियो।
संस्थाकी संयोजक सारदाले कार्यक्रमबीच महाशिवरात्रि किन मनाइन्छरु शिवको अवतार, गुण तथा विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेखित महिमाबारे वर्णन गरेकी थिइन्।
सोही अवसरमा उद्योग वाणीज्य संघ इटहरिका अध्यक्ष जिवन पराजुलिको प्रमुख अतिथ्यमा प्रभात फेरी गरि उद्घाटन गरेर प्रभातफेरीले बजार परिक्रमा गरी राधाकृष्ण शिव मंदिरमा पुगेर बिभिन्न धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम गरि मनाएको हो । कार्यक्रममा शिवरात्रिको अद्वितीय महत्वको विषयमा आध्यात्मिक प्रवचन एवम् विविध सांस्कृतिक नाटक तथा नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा कोशी प्रदेश सांसद मिना कुमारी श्रेष्ठ, इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी, इटहरी उपमहानगरकी उपमेयर संगीता कुमारी चौधरी, सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालयका प्रमुख डिआइजी सम्भु सुवेदी, इटहरी सरकारका प्रवक्ता दिवस पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।




















