इटहरी ।  शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सहभागिता गराउदै आएको सुनसरीको इटहरीमा रहेको सुनसरी सेन्ट जेभियर सेकेण्डरी इगंलिस बोडिगं स्कुलले वार्षिक खेलकुद तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

  वर्षभरिका विभिन्न खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराइ विजयी हुने विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम अन्तरगत यस वर्ष पनि निरन्तरता दिएको हो ।

  सुनसरी सेन्ट जेभियर सेकेण्डरी इगंलिस बोडिगं स्कुल इटहरीमा अध्ययनरत वाल कक्षा देखि कक्षा १० सम्मका ३सय वढी विद्यार्थीको सहभागितामा तीन दिन सम्म विभिन्न खेलकुद लगायतका प्तियोगिताहरु आयोजना गरिएको छ ।WhatsApp Image 2025-02-25 at 18.49.32 (1)

वार्षिक कार्यक्रम अन्तरगत आयोजना गरिएको खेलकुद तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम समाजसेवी चिरहागं राईको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको छ । वार्षिक खेलकुद तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रममा विभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रमका विजेता तथा उत्कृष्ट विद्यार्थीलाइ मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल कविन्द्र मण्डलको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा २०८०सालको एसईई परिक्षामा ए प्लस नतिजा ल्याउने ७ जना विद्यार्थीलाई सम्मान गरियो ।WhatsApp Image 2025-02-25 at 18.49.32 (2)

त्यसै गरी चित्रकला प्रतियोगिता तर्फ  लिटिल च्याम्पेन विजेता विद्यार्थीलाई समेत सम्मान गरियो ।

सुनसरी सेन्ट जेभियर सेकेण्डरी इगंलिस बोडिगं स्कुलले अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुदका माध्यमबाट विद्यार्थीलाई शारिरिक तथा मानसिक रुपमा दक्षता प्रदान गर्ने उद्धेश्यले विद्यार्थीको सहभागितामा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।