बिराटनगर । विद्यार्थीहरुको सिर्जनात्मक क्षमता बढाउन र अन्तर निहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले कसमस एजुकेसनल ट्रेनिङ, एण्ड रिसर्च सेन्टरद्वारा आयोजना गरिएको प्रदेश स्तरीय कलरिङ र चित्रकला प्रतिस्पर्धामा सहभागि हुने बिजेताहरुलाई बिराटनगरको कञ्चनजंगा पाटी प्यालेसमा भएको  भव्य कार्यक्रम विच  नगद पुरस्कार , प्रमाण पत्र साथै ट्रफि प्रदान गरिएको छ ।WhatsApp Image 2025-02-24 at 10.01.28

कार्यक्रममा कोशि प्रदेशका सुनसरी,मोरङ,झापा,उदयपुर र धनकुटालगायतका जिल्लाबाट छानिएर अन्तिम चरणमा पुगेका १५४ वटा विद्यालयका विद्यार्थीहरु, अभिभावक, शिक्षक लगाएतको उपस्थिति रहेको थियो साथै उ्कत १५४ बाट सोही समयमा पुन परीक्षा लिएर सवोत्तकृष्ट हुने तथा एल के जी देखि कक्षा ५ सम्मका प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरूलाइ ट्रफि मेडल र नगद क्रमश १५ हजार, १० हजार र ३ हजारका दरले पुरस्कार वितरण गरिएको थियो ।WhatsApp Image 2025-02-24 at 10.01.27 (1)

 पुरस्कार वितरण कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सम्पूर्ण पुरस्कार विजेतालाई पुरस्कार वितरण गरिएको थियो । संस्थाका निर्देशक रमेश पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कसमस सेन्टरका कर्मचारी तथा कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने टिमका सदस्यलाई पनि सम्मान गरिएको थियो  ।

उक्त कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक रेशम पराजुलीले कार्यक्रमको महत्व बारे प्रकाश पारेका थिए । WhatsApp Image 2025-02-23 at 13.59.16 (1)WhatsApp Image 2025-02-23 at 18.13.37