इटहरी । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन कोशी प्रदेशको आयोजनामा दुइ दिने प्याब्सन राष्ट्रपति रनिङ भलिवल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
इटहरी २० तरहरा सथीत हिमशिखर एकेडेमीको प्रांगणमा भएको भलिवल प्रतियोगितामा पुरुष तर्फ हिमशिखर बोडिङ इटहरी प्रथम, सिद्धार्थ सेकेण्डरी स्कूल झापा दोस्रो र सिद्धार्थ बोडिङ स्कुल मोरङ तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै महिला तर्फ उज्यालो भविष्य मोरङ प्रथम, डिपोट बोडिङ स्कूल, धरान दोस्रो भ भने लालिमा स्कुल, झापा तेस्रो भएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बोडिङ स्कूलका किशन कटवाल ,उत्कृष्ट डिफेन्स सिद्धार्थ, झापा दिपक विश्वास,उत्कृष्ट सर्भर, रिशव बानिया,उत्कृष्ट स्टाइकर, आलोक सिंह, सिद्धार्थ झापाका उत्कृष्ट ब्लकर, रेशल शाह, उत्कृष्ट सेटर, हिमशिखरका सनराज गुरुङ, तथा ब्राइट फ्युचरकी टूर्नामेन्ट प्यालेर, करिश्मा डाँगी र उत्कृष्ट डिफेन्सः पूजा विष्ट, डिपोटकी उत्कृष्ट सर्भर, पेमा तामाङ ,ब्राइट फ्युचरकी उत्कृष्ट स्टाइकर, मोनिका श्रेष्ठ , डिपोटकी उत्कृष्ट ब्लकर, ओशिन तामाङ , ब्राइट फ्युचरकी उत्कृष्ट सेटर, प्रजिना दाहाल भएकी थिन ।
प्रतियोगिहरु लाई पुरुष, महिला टिमलाई प्रथम हुनले नगद २५ हजार,दोस्रो लाई १५ हजार र तेस्रो हुने लाई ११ हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाले जानकारी दिए ।
साही प्रतियोतामा विभिन्न विदामा उत्कृष्ट हुने हरु लाई पनी नगद सहित पुरस्कृत गरिएको छ ।
भलिवल प्रतियोगितामा सुनसरी,मोरङ,झापा,धनकुटा,उदयपुरका प्याब्सन आबद्ध निजी विद्यालयका कक्षा १२ सम्म अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुषको ८ वटा टिम र महिलाको ७ वटा टिमले प्रतिस्पदा गरेका थिए ।




















