इटहरी । अध्ययन अध्यापन साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी वनाउदै शिक्षा र सिपमा जोड दिदै आएको सुनसरीको इटहरी उपमहानगरपालि वडा नम्बर २०मा रहेको किड्स ह्याप्पी होमले १३ औ अभिभावक दिवस तथा चौथो दिक्षान्त समारोह सम्पन्न गरेको छ ।
प्ले गु्रप देखी कक्षा ५ सम्मका विद्यार्थीहरु अध्ययन गराउदै आएको किड्स ह्याप्पी होमको अभिभावक दिवस तथा चौथो दिक्षान्त कार्यक्रमको इटहरी उपमहानगरपालिका उप प्रमुख संगीताकुमारी चौधरीको प्रमुख आथित्यमा भएको हो ।
दिक्षान्तमा किड्स ह्याप्पी होममा कक्षा ५ सम्म अध्ययन पुरा गरेका ११ जना विद्यार्थीहरु अध्ययनका लागि अन्य शैक्षिक संस्थाहरुमा जाने विद्यार्थीहरुलाई दिक्षित गरि विदाई गरिएको छ ।
निजी स्कुललाइ इटहरी नगरपालिका भित्र ७५ प्रतिषत पनिजी विद्यालयमा अध्ययन गर्दछन सरकारको हैसियतले सबै सेक्टरलाइ समान रुपमा लान जरुरी छ । कसैलाइ काखा कसैलाइ पाखा गर्न हुदैन ।
शिक्षालाइ कसरी गुणस्तर बनाउने र निजी स्कुलका टिचर हरुलाइ विभिन्न तालिममा सहभागी हुन बोलाउने उप प्रमुख संगिता कुमारी चौधरीले बताइन ।
स्कुलले बालबालीकालाइ हेल्दी फुटहरु मात्र दिएको र नानिबाबुहरुलाइ विभिन्न समयमा अतिरित्त क्रियाकलपहरु पनि गराउदै आएका छौ र स्कुलमा कमजोर विद्यार्थीलाइ अतिरित्त क्रियाकलाप शैक्षिक ज्ञान संगै सैदान्तीक,ब्यहारिक ज्ञान सहित खेलकुद गराउदै नानीहरु लाई कसरी प्रतिभासाली बनाउन विद्यालय अगाडी बढिरहेको प्रिन्सिपल रिता भुषालले बताइन ।
वार्षिक कार्यक्रमका रुपमा विभिन्न विधा समावेश गरेर विद्यार्थीहरुको सहभागिता गराउदै आएकोमा विद्यार्थीहरुको सहभागितामा नृत्य,गायन,नाटक प्रस्तुत समेत गरेका थिए । 
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन सुनसरीका अध्यक्ष नेलशन ढकाल,तरहरा जेसिजका अध्यक्ष सुमन दाहाल ,इटहीका वडा सदस्य धर्मादेवी गिरी,इटहरी प्यब्सनका सचिव राजन दाहाल लगायतको सहभागिता रहेको थियो ।
किड्स ह्याप्पी होममा प्ले गु्रप देखी कक्षा ५ सम्मका दुई सय विद्यार्थीहरु अध्ययनरत रहेका छन ।




















