इटहरी/ कोशी प्रिमियर लिग को दोस्रो सिजनको लागी  नमुना ब्लास्टर्सले आफ्नो अफिसियल जर्सी सार्वजनिक गरेको छ । कोशी प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागी टीमका प्रमुख खेलाडी कुशल भुर्तेल, कुशल मल्ल, र नन्दन यादवले संयुक्त रूपमा उक्त जर्सीको अनावरण गरेका छन्।  जर्सी रिवील कार्यक्रमको आयोजन इटहरीस्थित नमुना कलेजमा गरिएको थियो ।  नमुना ब्लास्टर्सका प्रमुख खेलाडी कुशल भुर्तेल, कुशल मल्ल, र नन्दन यादवको सहभागिता टोलीलाई बलियो बनाउँदै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छन्। यी खेलाडीहरू सबै विभिन्न खेल योजनाहरूमा तालमेल गरेर, टिमलाई सफलता दिलाउन प्रतिबद्ध छन्।

नमुना ब्लास्टर्सको  खेलाडीहरूको मेहनत र रणनीतिहरूबाट यस प्रतियोगितामा उल्लेखनीय प्रदर्शन आउने विश्वास गरिएको छ। यस प्रतियोगितामा जित्नका लागि टिमले आफ्नो योजनाबद्ध रणनीतिमा पूर्ण ध्यान दिनेछ, र खेलमा जित हासिल गर्नका लागि नयाँ खेल शैली र तालमेल प्रस्तुत गर्नेछ।

कोशी प्रिमियर लिग KPL  को दोस्रो सिजनमा सहभागिता जनाउनका लागि नमुना ब्लास्टर्सले आफ्नो तयारी पूरा गरेको छ। प्रतियोगिता ५ फागुनदेखि सुरु भएर यो १७ फागुनसम्म चल्नेछ। यस प्रतियोगितामा नमुना ब्लास्टर्सका साथै अन्य टोलीहरूले पनि प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगितामा पूर्वेली सुपर किंग्स विराटनगर, नमुना ब्लास्टर इटहरी, दुहबी क्यापिटल्स, बालनबिउल सप्तरी टाइगर्स, एनबीएससी लायन्य विराटनगर, इटहरी आदर्श जायन्ट्स र भोक्राह नरसिंह अर्नाज गरी सात टिमले प्रतिस्पर्धा गर्नेछन् । सातवटै टिममा राष्ट्रिय खेलाडीको बाहुल्य हुनेछ ।