इटहरी । सुनसरीको इटहरीस्थित विश्व आदर्श सेकेण्डरी स्कुलले आठौ अभिभावक दिवश भब्यताका साथ सम्पन्न गरेको छ ।
अभिभावक दिवशकै अवसर पारेर स्कुलले बिहीबार देखि नै बिभिन्न कार्यक्रमहरू गर्दै आएकोमा शनिबार सास्कृतिक सहित विविध कार्यक्रम गरि समापन गरेको हो ।
स्कुलले पहिलो दिन बिहीबार समुदघाटन संगै बृहत शैक्षिक तथा विज्ञान प्रदर्शनी गरेको थियो भने दोश्रो दिन शुक्रबार पिजि देखि ४ कक्षा सम्मका बिद्यार्थीले बिभिन्न रमाइला सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
त्यस्तै शनिबार समापन समारोहमा कक्षा ५ देखि १० सम्मका बिद्यार्थीले बिभिन्न बिधामा आफ्ना शिर्जना तथा कलात्मक कृयाकलापहरू प्रस्तुत गरेका थिए । समारोह बिच विद्यार्थीहरु द्धारा लिखित स्कुलले पहिलो पटक आदर्श आलोक पुस्तक समेत बिमोचन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, स्कुलमा अध्यक्ष लेखनाथ घिमिरे , प्राचार्य गणेश कुमार दुलाल लगायतले पुस्तक बिमोचन गरेका थिए ।
उक्त पुस्तकमा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरूले तयार पारेका रचना तथा शिक्षक कर्मचारीहरूले तयार पारेको विषय वस्तु समावेस गरिएको छ ।
खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तमा ख्याती कमाएका सोहि बिद्यालयका छात्र छात्रालाई समापन समारोह बिच सम्मान गरिएको थियो ।
मलेशियामा सम्पन्न अन्तराष्ट्रिय ओपन तेक्वान्दो प्रतियोगीतामा नेपालबाट प्रतिनिधित्व गर्दै गोल्ड मेडल हात पारेका सोही स्कुलका छात्र प्रल्हाद श्रेष्ठ र छात्रा प्रियासा श्रेष्ठलाइ समापन समारोहबिच सम्मान गरिएको छ ।
कार्यक्रममा उपस्थित ४ सय बढी अभिभावकहरूलाइ बिद्यार्थीहरूले बिभिन्न जातिय भेषभुषामा सजिएर कलात्मक शिर्जना , नृत्य , गित वाध्य वादन लगायत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक गणेश कुमार दुलालले अध्ययन्नरत बिद्यार्थीहरूको हौशला बढाउन स्कुलका शिक्षकहरू तत्पर रहेर काम गरिरहेको बताए । उनले अध्यन्नरत बिद्यार्थीहरूलाइ हरेक क्षेत्रमा अब्बल बनाउन प्रयोगात्मक र प्रविधिमैत्री शिक्षालाइ जोड दिदै आएको पनि बताए । 
त्यस्तै कार्यक्रममा प्रमुख अतिथी कोशी सरकारका कानुनमन्त्री रेवती रमण भण्डारीले शिक्षा क्षेत्रमा निजी लगानीबाट सञ्चालित विश्व आदर्श स्कुलको भुमिका महत्वपुर्ण रहेको उल्लेख गरे । शिक्षा क्षेत्रमा अझैपनि अस्पस्टता देखिरहेको बताउदै मन्त्री भण्डारीले राष्ट्रिय शिक्षा नीति बनिनसक्दा केहि समस्याहरू बिद्यालयहरूले झेलिरहेको बताए । 
मन्त्री भण्डारीले कानुन निर्माण नभइ संक्रमण अवस्थाबाट शिक्षा क्षेत्र गुज्रि रहदा पनि विश्व आदर्श स्कुलले अन्तराष्टिय स्तरमा जुन नाम कमाएको छ त्यो सदैव रहिरहोस भन्ने सुभकामना सन्देश पनि दिए ।
कार्यक्रममा इटहरी उपमहानगरका प्रवक्ता तथा वडा नम्बर ६का अध्यक्ष दिवश पोख्रेल , वडा नं ४ का वडाध्यक्ष भक्त लामा , लगायत अभिभावक,शिक्षकहरुको उपस्थिती रहेको थियो ।




















