इटहरी । शैक्षिक तथा सामाजिक गतिविधिमा इटहरी क्षेत्रमा नाम कमाएको विश्व आर्दश सेकेण्डरी स्कुलले आफ्नो आठौ वार्षिक अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।

    विश्व आर्दश सेकेण्डरी स्कुलका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उप प्रमुख संगिता कुमारी चौधरीको प्रमुख आथित्यमा अभिभावक दिवस मनाइएको हो ।

अभिभावक दिवसका अवसरमा विश्व आर्दशले आज कक्षा पिजि देखी कक्षा ४ सम्मका विद्याथीहरुले कार्यक्रममा विभिन्न जात जातीका सस्कृति झल्कने सांस्कृतिक कार्यक्रम तथा नाटक समेत प्रस्तुत गरेका थिए ।WhatsApp Image 2025-02-14 at 18.04.30

कार्यक्रमका प्रमुख अथिती चौधरीले विद्यालयले कला सस्कृति सहितको पठन पाठन संगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता विकासका गर्दै आएको विषयको प्रसंशा गरेकाी थिन ।

 विद्यार्र्थीहरुको पहिलो प्राथमिकतामा राखेर कार्यक्रमहरु संचालन गर्दै आएको  भन्दै विश्व आर्दश स्कुलले शैक्षिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएको पनी उपप््मुख चौधरीले बताइन ।WhatsApp Image 2025-02-14 at 18.04.32

अभिभावक दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा स्कुलका गतिविधीहरुका विषयमा प्रधानाध्यापक गणेश कुमार दुलालले स्थापनाकालमा थोरै विद्यार्थी र भाडाको घरबाट सुरु गरिएकोमा अहिले आएर आफनै भवनबाट साथै स्कुल देखि कलेज सम्म गरेर ३२ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी गराए ।WhatsApp Image 2025-02-14 at 18.04.31 (1)

विश्व आर्दशले समयानुकुल प्रविधि मैत्री साथै साकोलोजीमा आधारित भएर पठनपाठन गर्दै आएको समेत सो अवसरमा जानकारी गराएको छ ।

भोली शनिवार कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थी र अभिभावकहरुको उपस्थीतिमा अभिभावक दिवस मनाइने पनी जानकारी गराए । 

 कार्यक्रममा इटहरी उपमहानगर पालिका १ का अध्यक्ष रतन कार्की कैलाश,जनता बहुमसखि क्याम्पस संचालक समिति अध्यक्ष विकास केसी शिक्षक,अभिभावकहरु  लगायतको सहभागिता रहेको थियो ।