इटहरी । कस्तुरी कलेज इटहरीले शुक्रवार, २६औं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । 

कलेजको वार्षिकोत्सवको अवसरमा शैक्षिक ,सामाजिक तथा पत्रकारीताको क्षेत्रबाट समाजमा पुर्यएको योगदान कदर गर्दै सम्मान गरीएको हो । 

कलेज व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा पूर्वाञ्चल विश्वविद्यालय मोरङका रजिष्टार निलमणी पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वर्ष भरी आयोजना गरिएका विभिन्न खेलकुद  प्रतियोगी तथा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, नियमित कलेज आउने एक सय बढी बिद्यार्थीहरूलाई पनी सम्मान सँगै पुरस्कृत गरिएको छ । 

सम्मानितहरु कलेजमा अध्यन गरेर विभिन्न उच्च ओदामा रहेका पुर्व विद्यार्थीहरू केशव खनाल, ओशन दाहाल, शर्मिला पोखरेल, सुजनवावु वस्नेत, सविना श्रेष्ठ, सुजन लामा, र नजाउद्दीन मिया रहेका छन । WhatsApp Image 2025-02-13 at 17.47.02

त्यसैगरी इटहरी क्षेत्रमा रहेर पत्रकारिताको माध्यम बाट गरेको योगदानको उच्च मुल्यांकन गर्दै ३ जना पत्रकारहरू लाई सम्मान गरीएको छ ।

 कस्तुरी कलेजले निरन्तर पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारहरू सप्तकोशी एफएमका प्रधान सम्पादक लिलाराज भट्टराई, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जनु सुवेदी, र नेपाल टेलिभिजन इटहरीकी समाचार प्रस्तोता भूमिका पाख्रिनलाई प्रमाणपत्रले सम्मान गरिएकोको छ । 

कलेजका प्राचार्य कमलेस शर्मा पौडेलले कलेजको दीर्घकालिन उद्देश्य र विद्यार्थिहरु भविष्य निर्माणमा  समग्र उन्नति र विकासमा सबैको सहयोग हुनु पर्ने आवश्यक रहेको बताए । WhatsApp Image 2025-02-13 at 17.47.02 (1)

उनले कलेजका विद्यार्थीहरूको सफलता र प्रतिष्ठालाई महत्त्व दिँदै कलेजका शिक्षक र कर्मचारीको योगदान रहेको पनि प्रशंसा गरे ।

कार्यक्रममा एकल गायन ,नृत्य प्रतियोगितामा ५,५जना छात्रा,छात्रले गायन ,नृत्य प्रस्तुत गरेका थिए । 

प्रतियोगितामा ,सोनु जयन्ती र मणि गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए भने प्रथम दितिय र त्रितिय हुनेहरु लाई पुरस्कृत गरिने एकेडेमीका  प्रिन्सिपल भुपेन्द्र न्यौपानेले जानकारी दिए ।

कलेजमा ११ देखि मास्टर्स ,डिग्रीका १४ सय बिद्यार्थीहरु अध्यनरत रहेको छ । 

कार्यक्रममा  विद्यालयका अध्यक्ष प्रेमप्रसाद न्यौपाने,नागरिक समाजका अध्यक्ष आर.के राई लगायतको सहभागिता रहेको थियो ।