इटहरी । शैक्षिक तथा अतिरिक्त कृयाकलपाका कारण पुर्व क्षेत्रमै नाम कमाएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले हरेक वर्ष झै यस वर्षपनि अभिभावक दिवसका अन्तरगत पहिलो दिन विद्यार्थीहरुको सहभागिता विश्व आर्दश एक्स्पोको आयोजना गरेको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले विद्यार्थीले निमार्ण गरेको राबर्टको सायताले रिवन काटेर उद्घाटन गरेका थिए ।
एकेडेमीले आजा एक्स्पो,फागुन २ र ३ आभिभावक दिवस कार्यक्रम गरेर मनाउने भएको छ ।
विद्यार्थीहरुले सिकेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई प्रयोगात्मक रुपमा उतारेर अभिभावकहरुको सहभागितामा प्रर्दशन गर्ने कार्यक्रम विश्व आर्दश एक्स्पो गरिएको हो ।
विद्यार्थीहरुले शैक्षिक सामाग्री देखि विभिन्न, प्राकृतिक सामाग्रीको प्रयोग गरिएको विज्ञान प्रविधिका सामाग्रीहरु अभिभावकहरुले उचितपुर्ण रुपमा अवलोकन गरेका थिए ।
अभिभावक विकास केसी लगायतहरुले आफना छोराछोरीहरुले वनाएका सामाग्रीहरु देख्दा खुशी लागेको प्रतिक्रिया दिएका छन ।
प्रर्दशनीमा राखिएका सामानका विषयमा जानकारी दिदै विद्यार्थीले आफुहरुले सिकेका कुराहरु भोलीका दिनमा प्रयोगमा ल्याएर पनि देश भित्रै आम्दानी गर्न सकिने अवस्था रहेको वताएका छन ।
विद्यार्थीहरुले तयार पारेका सामाग्री प्रदर्शनीको अवलोकन गर्दै इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधीहरु इटहरी १ का अध्यक्ष रतन कार्की र २ का अध्यक्ष माधब कोइरालाले कतिपय अवस्थामा युवा विद्यार्थीहरुले विभिन्न जीवनोपयोगी सामाग्रीहरु वनाइ रहेपनि त्यसलाई प्रयोगमा ल्याउन सकिने बताए । 
विश्व आर्दश एक्स्पोमा कक्षा पिजी देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले वनाएका शैक्षिक , प्रविधि , पुराना परम्परागत प्रयोगका सामाग्री , घरायसी सामाग्री , घरेलु उद्योगका सामाग्रीहरु प्रर्दशन तथा विक्री वितरण गरिएको विश्व आर्दश एकेडेमीका प्राचार्य गणेशकुमार दुलालले बताए ।
हरेक वर्ष आयोजना गरिने शैक्षिक तथा व्यवहारिक प्रयोगात्मक अभ्यासको प्रर्दशनीले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न साथै विद्यार्थीहरुले वनाउने नयाँ प्रविधियुक्त सामाग्रीहरुलाई यही ब्राण्डीगं गर्न सके विदेशीनु पर्ने वाध्यतामा कमी आउने अपेक्षा गर्न सकिन्छ ।




















