मोरङ । सार्वजनिक सौचालय निर्माण सहयोगार्थ मोरङको सुन्दरहरैंचामा आगामी माघ ३० गते देखि फागुन १० गते सम्म चौथो संस्करणको बिराट एक्सपो हुने भएको छ ।
आइतबार एक्सपो प्रांगणमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । सुन्दरहरैंचा उद्योग वाणिज्य संघ मोरङको आयोजनामा हुन लागेको चौथो संस्करणको बिराट एक्सपो २०८१ लाइ भब्य र सभ्य बनाउन बिभिन्न समिति उपसमिती बनाइ तयारी सुरा गरेकोे जानकारी दिएको हो ।
एक्सपोको सबै तयारी सकिएको र स्टल निर्माणको काम धरमाधम चलिरहेको बताइएको छ ।
अन्तराष्ट्रिय मापदण्ड अनुसारको सार्वजनिक शौचालय निर्माण अभियान अन्तरगत हाल २ वटा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको, २ वटा निर्माण कार्यको अन्तिम चरणमा पुगेको बाँकी ४ वटा शौचालय निर्माणको उद्देश्य राखी सुन्दरहरैंचा विराट एक्स्पो–४ सञ्चालन गर्न लागिएको र आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ “सुन्दरहरैचा विराट एक्स्पो–४ को तयारी तिव्र बनाइएको सुन्दरहरैचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा एक्सपो संयोजक भोलेश्वर दुलालले बताए । 
एक्सपोमा ३ लाख ५० हजार भन्दा बढी आन्तरिक पर्यटकहरू भित्रिने अनुमान गरिएको र त्यहाबाट संकलित रकम सार्वजनिक शौचालय निर्माण अभियानकैलागि खर्च गरिने दुलालले बताए ।
एक्सपोमा २ सय भन्दा बढी स्टलहरू रहने ,दैनिक राष्ट्रिय स्तरका कलाकारहरूको साथै स्थानिय कलाकारहरूको पनि बेजोड प्रस्तुती रहने जनाइएको छ ।
एक्सपो मनोरञ्जन र ब्यापारका लागि मात्र नभइ बिद्यार्थी लक्षित कार्यक्रमहरू राखिएकोले धेरै उपयोगी र ज्ञानवर्दक रहने आयोजक समितिका अध्यक्ष नारायण कार्कीले बताए । कोशी प्रदेश सरकारले वर्ष २०८२लाइ पर्यटन वर्षको रूपमा मनाउने तयारी गरिरहेको बेला आन्तरिक पर्यटनलाइ प्रर्वदन गर्ने उद्येश्यका साथ यो एक्सपो आयोजना गरिएको अध्यक्ष कार्कीले बताए ।
११ दिन सम्म चल्ने एक्सपोमा दैनिक सम्बन्धित बिज्ञहरूबाट सचेता कार्यक्रम सहित कार्यशाला पनि गरिने जनाइएको छ ।
एक्सपोमा स्थानिय स्तरबाट उत्पादन भएका कृषी सामग्री , अटो मोवाइल्स , स्वोदेशीमै उत्पादन भएका लता कपडा , खाद्यन्न ,केहि इलेक्ट्रोनिकस र बिभिन्न जातजातिका परिकारहरूको स्टल रहने साथै एक्सपोमा ५ करोडको कारोबार हुने अनुमान गरिएको जनाइएको छ ।




















