झापा, दुधको समर्थन मूल्य पाउन नसक्दा दुग्ध किसान समस्यामा परेका छन् । पशुपालन तथा दुग्ध उत्पादक संघ झापाले पूर्वका डेरी उद्योगले दूधको समर्थन मूल्य नदिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।
दुधको समर्थन मूल्य पाउन नसक्दा दुग्ध किसान समस्यामा परेका हुन् । पशुपालन तथा दुग्ध उत्पादक संघ झापाले पूर्वका डेरी उद्योगले दूधको समर्थन मूल्य नदिएको भन्दै आक्रोश व्यक्त गरेको हो ।
डेरी उद्योगले सरकारले तोकेको समर्थन मूल्य कार्यान्वयन नगरेको जनाउँदै संघले यसप्रति संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
सरकारले कच्चा दूधको मूल्य प्रति लिटर ६५ रुपैयाँ तोकेको थियो । तर, कोशी प्रदेश डेरी उद्योग सङ्घ र नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी उद्योगले प्रति लिटर ८ रुपैयाँ घटाएर भुक्तानी गर्दै आएका छन् ।
मन्त्री परिषदले २०७९ फागुन १९ गते कच्चा दुध ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दुधको मूल्य ६५ रुपैयाँ तोकेको थियो ।
डेरी उद्योगले किसान मारा नीति लिएको दुग्ध उत्पादक संघले जनाएको छ । भारतबाट सस्तोमा दूध पाउडर खरिद गरेर ल्याउने र उपभोक्तालाई बेच्ने कार्यमा डेरी उद्योगको संलग्नता देखिएको संघको आरोप छ । किसानलाई दूधको समर्थन मूल्य दिनुभन्दा भारतबाट पाउडर किनेर ल्याउनुलाई डेरी उद्योगले महत्व दिएको किसानको भनाई छ । कोशी प्रदेशमा दैनिक १ लाख ५० हजार लिटर दूध बिक्री भइरहेको छ । समर्थन मूल्य प्राप्त नगर्दा किसानले १२ लाख रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नु परिरहेको छ ।
करिब १५ महिना यता ५० करोड ४० लाख रुपैयाँ किसानले नोक्सानी बेहोर्नुपरेको जनाइएको छ । किसानमाथि डेरी उद्योगहरूले अन्याय गरिरहेको बताउँदै यस विरुद्ध सशक्त रुपमा आवाज उठाउने किसानको भनाई छ ।
अन्य प्रदेशमा मन्त्री परिषदको निर्णय बमोजिम दुध खरिद बिक्री भईरहे पनि कोशी प्रदेशमा भने त्यो निर्णय कार्यन्वयन नभएको दुग्ध उत्पादक संघ झापाले जनाएको छ ।
पशुपालनमा उत्पादन खर्च बढिरहंदा कम मूल्यमा दुध बिक्री गर्नु पर्दा कृषकहरु पलायन हुने अवस्थामा पुगेका छन् ।