इटहरी । इटहरी उपमहानगर पालिक २ र ३ को सङम स्थलमा रहेको पर्यटनकिय क्षेत्र तालतलैया विकास तथा संरक्षण समितिको ११ औ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनालकाे अध्यक्षतामा सम्पनन साधारण सभामा तलातलैया स्थापना देखि अहिले सम्म बिभिन्न क्षेत्रमा रहि आर्थिक एवम भाैतिक सहयाेग साथै आवस्यकिय सुझाव दिएकाे भन्दै अग्रज पत्रकार कृष्ण बिनाेद लम्साल , तालतलैया समितिकै सदस्य रमेस बिष्ट लगायत आधा दर्जन बढीलाइ दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद खनालले तालतलैया क्षेत्रमा आफ्नाे नेतृत्वले गरेकाे प्रगति विवरण , भावि याेजना र भाेग्दै आएकाे समस्या तथा चुनाैतिकाे विषयमा प्रतिवेदन सुनाएका थिए ।
त्यस्तै लेखा समिती संयाेजक युग प्रिय निराैलालाे २४ बुदे सुझाव सहितकाे प्रतिवेदन पेस गरेका थिए । त्यस्तै काेषाध्यक्ष निर बहादुर श्रेष्ठले आफ्नाे कार्यकालमा गरेकाे आय तथा व्यय सहितकाे प्रतिवेदन सुनाएका थिए ।
कार्यक्रममा उपस्थित अधिकांस बक्ताहरूले तिनै तहका सरकार संग सहकार्य गरी भएका श्रेत र साधनलाइ उपयाेग गर्ने हाे भने तालतलैयालाइ बिश्वकै पर्यटकीय गन्तब्य मध्ये एक बनाउन सकिने सुझाव दिएका थिए ।
साथै सान्तिनगर र सरस्वती बन क्षेत्रकाे पनि जग्गा यहि मिसिएकाेले यसलाइ अपनत्व गरेर अझै बृहत तालतलैया बनाउन सुझाव दिएका थिए ।
सबैकाे सुझावलाइ मनन गर्दै कार्यक्रमका प्रमुख अतिथी काेशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बनकाे जग्गा संस्थाकाे नाममा ल्याउन सकिने तर धेरै समय लाग्ने बताए । उनले काेशी सरकारले अागामी वर्ष २०८२ लाइ पर्यटन वर्षकाे रूपमा मनाउन लागेकाेले प्रदेश मातहत रहेका सबे पर्यटकिय क्षेत्रलाइ प्रवर्दन गर्न अागामी आर्थिक वर्ष देखि पर्याप्त बजेट नै बिनियाेजन गरि काम थाल्ने बताए । मन्त्री भण्डारीले सबै पर्यटकीय क्षेत्रका बिकाशमा सरकारले मात्रै लगानी गरेर सम्भव नहुने हुदा निजि क्षेत्र संग पनि सहकार्य गरेर अघि बढने उल्लेख गरे । उनले तत्काल ठुलाे लगानी गृन नसकेपनि प्रदेश सरकार र स्थानिय सरकारबाट भएका पर्यटकीय क्षेत्रहरूकाे रंग राेगन लगायत शाैन्दर्यकरणमा भने सक्दाे मदत गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा काेशी प्रदेशका पूर्व सांसद सर्वध्वाेज साँवा , इटहरी उपमहानगपालिका २ नं वडा कार्यालयका वडाध्यक्ष माधव काेइराला , तिन नं वडाका पूर्व वडाध्यक्ष बालकृष्ण भट्टराइ , अग्रज पत्रकार कृष्ण बिनाेद लम्साल लगायतले सुभकामना मन्तब्य राखेका थिए । यसैबिच साधारण सभा संगै नयाँ नेतृत्व चयन हुने भनिएपनि याे समाचार तयार पाृदा सम्म कुनै समिति गठन नभएकाे बुझिएकाे छ ।




















