इटहरी ।   निजि तथा आवसीय बिद्यालय अर्गनाइजेसन ( प्याव्सन ) कोशी प्रदेशको चौथो अधिवेशनले सुमित थापाको अध्यक्षतामा १८ सदस्य नँया कार्य समिति चयन गरेको छ । 

बुधबार अवेर सम्म चलेको अधिवेसनले वरिष्ठ उपाध्यक्षको निर्वाचन भएको थियो भने अध्यक्षमा थापा सहित सबै पदमा सर्व सम्मत चयन गरेको थियो । 

त्यस्तै प्याब्सन कोशीको वरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेलले १५७ मत ल्याएर विजय भएका थिए भने अर्जुन बस्नेतले १५४ मत प्राप्त गरेका थिए । 

३ मतको अन्तरले झापाका प्याकुरेल विजय भएका  हुन ।

 त्यस्तै महिला उपाध्यक्षमा मिना केसी  उदयपुर , त्यस्तै अर्का उपाध्यक्षमा निश्चनराज शाक्य दुहवी , इसुभ कुमार पाण्डे सचिवमा गौरिमान फागो,सह सचिवमा भुवन श्रेष्ठ र रगुन गुरूङ , कोषाध्यक्ष प्रेमलाल सुवाल ,  सहकोषाध्यक्ष विश्वास ढकाल र दुर्गा कुमार लुइटेल र सदस्यमा रुक्मिणा गौतम,भानुभक्त राजवंगी, दिनेश पोखरेल, डिक बहादुर थापा, ध्रुव गौतम, गणेश भण्डारी, सर्वसम्वत चयन गरेका थिए ।   

निर्वाचन समिती संयोजक अधिवक्ता खगेन्द्र बहादुर ढकाल र ध्रुवराज बशिष्ठ,हेमराज अधिकारी रहेका थिए ।WhatsApp Image 2025-02-06 at 14.35.44

कार्यक्रम प्याव्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकालको अध्यक्षता तथा कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीको प्रमुख अतिथीमा सम्पन्न प्याव्सनको चौथो साधरणसभामा बिभिन्न तह तप्कामा रहेका ब्याक्ती तथा पदाधिकारीहरूलाइ पनि सम्मान गरिएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी हिकमत कुमार कार्कीले शिक्षा जगतमा प्याव्सनले खेलेको भुमीका राज्यकालागि अपरिहार्य रहेको उल्लेख गरे ।

 मन्त्री कार्कीले निजि क्षेत्रबाट गरेको लगानी डुब्ने खतरा छ भन्ने बाहिरी हल्लाको पछि नलागी ढुक्कले लगानीको बातावरण शिर्जना गर्न पनि प्रोत्साहन गरे । तिनै तहको सरकार निजि क्षत्रे संग सहकार्य नगरी अघि बढन नसक्ने अवस्थामा गरेको लगानी खेर नजाने पनि बताए । 

अर्काे प्रसंगमा मुख्यमन्त्री कार्कीले सरकारले २०८२ बैशाखमा कोशी सरकारको आयोजनामा लगानी सम्मेलन गर्ने हुदा निजि क्षेत्रबाट पनि साथ सहयोग सल्लाह सुझाव राख्न आग्रह गरे भने वर्ष २०८२ लाइ नै कोशी पर्यटन वर्षको रूपमा मनाउने उल्लेख गरे । WhatsApp Image 2025-02-06 at 14.35.50 (2)

कार्यक्रममा प्यावसन सुनसरीका निवर्तमान अध्यक्ष स्वर्गीय अनुप योञ्जनलाइ मरणोपरान्त सम्मान सहित परिवारलाइ कदर पत्र प्रदान गरिएको थियो । 

त्यस्तै कोशी प्रदेशका प्याव्सन कोषाध्यक्ष राजेश आचार्यलाइ पनि कदर पत्रले सम्मान गरिएको छ । त्यस्तै पूर्व अध्यक्षहरूलाइ कार्यक्रम बिच पदक बितरण गरिएको थियो ।

कार्यक्रका बिशिष्ट अतिथी प्याव्सन केन्द्रीय प्रमुख सल्लाहाकार टिकाराम पुरीले शिक्षा क्षेत्रमा राजनीति छिरेपछि सामुदायिक बिद्यालयहरू धरासायी बनेको उल्लेख गरे । उनले संविधानको नियम अनुसार सञ्चालन भएका निजि बिद्यालयहरूमा कुनै प्रकारको दबाब , राजनीति हस्तक्षेप , सोर्स फोर्ल नलाग्ने भएकै कारण हरेक क्षेत्रमा अब्बल र उत्कृष्ट सावित हुने गरेको बताए । WhatsApp Image 2025-02-06 at 14.35.44 (1)

कार्यक्रममा प्याव्सन केन्द्रिय कार्य समिती  सल्लाकार गोविन्द लम्साल , केन्द्रिय उपाध्यक्षहरू डिके ढुंगाना , आशिष श्रेष्ठ , कृष्ण प्रसाद अधिकारी , नारायण घिमिरे,प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल लगायतले सुभकामना मन्तब्य राखेका थिए  ।

 कार्यक्रममा  कोशी प्रदेशका १४ वटै जिल्लाका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।