इटहरी । राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशको तेस्रो साधारण सभा इटहरीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी बक्ताहरूले अवैध कन्सलटेन्सीका कारण सरकारबाट बैधानिक प्राप्त शिक्षण संस्थाहरू बदनाम भइरहेकेले त्यस्ता संस्थाहरूलाइ तत्काल अनुगमन गरी कार्वाहिको दायरामा ल्याउने , शिक्षा नियमावली केहि संसोधन गरी कार्यन्वयन तर्फ अग्रसर हुनुपर्ने , संस्था दर्ता देखि सम्पुर्ण कारेवार र अनुगमन एवम कार्वाहिको जिम्मा समेत प्रदेशको मातहतमा ल्याइनुपृने जस्ता सुझावरखेक थिए ।
केशी प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राज्यको नीति नियमका कारण साना लगानी गरी सञ्चालनमा रहेका कन्सलटेन्सीहरू बन्द हुने अवस्थामा पुगेको प्रति सहभागीहरुले गम्भीर ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रमका राष्ट्रिय शैक्षिक परामर्स संघ नेपालका केन्द्रिय अध्यक्ष सन्तोष प्याकुरेलले कन्सलटेन्सी सञ्चालन गर्दा ढुक्कले ब्यवसायी संचालन गर्न पनी नपाउने र अनुमती लिन देखि कर तिर्न र साने भन्दा साने समस्या सुनाउन पनि केन्द्रनै धाउनु पर्ने बाध्इता अन्त्य हुनुपर्ने बताए । 
यँहाका कन्सलटेन्सी दर्ता देखि नियमन गर्ने अभिभावकको जिम्मा केशी सरकारले लिनुपर्ने जस्ता सुझाव राखे ।
कार्यक्रममा उठेका र राखिएका प्रश्नहरूको सक्षिप्त जवाफ दिदै प्रमुख अतिथी कोशी सरकारका कानुनमन्त्री रेवती रमण भण्डारीले कन्सलटेन्सिको हकमा बेग्लै कानुन बनाउन नसकिने तर शिक्षा ऐनमा समेटेर लान सकिने बताए ।
उनले यो फागुनको पहिलो साता बस्ने हिउदे अधिवेसनको पहिलो बैठकमै शिक्षा ऐन संसदमा पेस गर्ने प्रतिवद्धता जाहेर गरे ।
साना लगानीका व्यवसायीहरूलाइ हतोत्साहित नहुन र अब साना प्रकृयाकालागि काठमाडौ धाउनुपृने बाध्यताको अन्त्य हुनेमा ढुक्क पर्न मन्त्री भण्डारीले जनाए ।
उनले शिक्षा ऐन बनेपछि त्यसको नियमन तथा अनुगमन गर्ने बेग्लै समिती उपसमिती पनि गठन गरिने र कन्सलटेन्सिको नाममा फटाइ गर्ने स.स्था उपर कार्वाहिको जिम्मा पनि प्रदेशले नै लिने गरी ऐन आउने उल्लेख गरे ।
संघको साधारण सभामा बिबिध कारणले रिक्त रहेका पदहरू पुर्ण गर्दै कोषाध्यक्षमा चन्दन माझी, सदस्यहरूमा बिनोद कोईराला,केशरी राई,किरण कुमार थापालाई मनोनयन गरिएको नेकाका सचिब नरेन्द्र दंगालले जानकारी दिए ।
राष्ट्रिय शैक्षिक परामर्स संघ केशीका अध्यक्ष सन्तेष लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय शैक्षिक परामर्स संघ नेपालका केन्द्रिय उपाध्यक्ष भुपेन्द्र सिटौला , रमण कोइराला , केन्द्रिय सचिव ध्रुव थापा , लगायत नेपाल लगायत भारतका बिभिन्न जिल्लाहरूमा रहेका कन्सलटेन्सी सञ्चालकहरू उपस्थिती रहेको थियो ।




















