इटहरी । सुनसरीको इटहरीस्थित नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमी (डिभिएम )स्कुलले आगामी माघ १९ गते देखि २७ गते सम्म प्रथम  डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

 बिद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको आज  पत्रकार सम्मेलन गरि विभिन्न विषयमा जानकारी गराइयो ।

अन्तराष्टिय स्तरमा ख्याती कमाइसकेको खेल क्रिकेट स्थानिय स्तरमा प्रवर्दन गर्न ( डिभिएम )स्कुलले पहिलो पटक अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएको पत्रकार सममेलनमा जानकारी दिइयो ।

स्थानिय तह देखि बिद्यालय स्तरमा क्रिकेटको माह अत्याधिक रहेपनि खेल्ने अवसर नपाएका बिद्यार्थीहरूको मनोभावना बुज्दै पहिलो पटक यो खेल आयोजना गर्न लागिएको जनाइएको छ ।WhatsApp Image 2025-01-31 at 19.07.14

बिद्यालय स्तरबाट क्रिकेटको दक्ष खेलाडी उत्पादन गर्न यो प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ , विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङ्गिण विकाशको लागि पनि यो खेलले निकै महत्वपुर्ण भुमिका निर्वाह गर्ने डिभिएम कपका संयोजक टिकादत्त बनले बताए ।

माघ १९ देखि सुरू हुने क्रिकेट प्रतियोगिता अन्तरगत अहिले सम्म सुनसरी र मोरङ गरे २८ वटा बिद्यालयहरूले नाम दर्ता गराइसकेकोे पत्रकार सम्मेलनमा जानकारी दिए ।  खेलमा बिजेता हुने बिद्यालयलाइ नगद रू २५ हजार , ट्रफि ,मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेता हुने बिद्यालयलाइ १५ हजार नगद , ट्रफि ,मेडल र पमाण पत्र प्रदान गरिने जनाइएको छ ।

साथै प्रतियोगिताले बिद्यालय स्तरमा पनि क्रिकेटको मोह बढाउने र भविस्यमा दक्ष खेलाडी उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ । प्रतियोगितामा सुनसरी र मोरङका सामुदायिक तथा निजि बिद्यालयमा अध्ययन्नरत कक्षा १० सम्मका बिद्याथीहरूले मात्र सहभागिता जनाउन पाउने प्रावधान रहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा स्कुलका प्रधानध्यपक डा.बेणु प्रसाद सिटौला,स्कुलका प्रशिक्षक क्षितिज दाहाल लगायतको उपस्थिती रहेको थियो ।