काठमाडौं । नेपालमा पछिल्लो समय उद्योगी तथा व्यवसायीहरूको चलचित्र क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
केही प्रमुख उद्योगपतिहरूले नेपाली चलचित्र उत्पादन संलग्न भएर चलचित्र क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन सहयोग पुग्दै आएको हो ।
सोही क्रममा उद्योगपति शेखर गोल्छाले चलचित्र ‘परान’मार्फत शेखर चलचित्र निर्माणमा प्रवेश गरेका हुन् । ‘परान’ टेलिभिजन श्रृंखला ‘सक्किगोनि’का कलाकार दीपक आचार्य ‘काकु’ले निर्देशन गर्ने छन् । यो चलचित्रमा शेखर गोल्छा,रञ्जित आचार्यले लगानीमा निर्माण गर्ने छन् ।
नेपाली चलचित्रमा मौलिकता हराउदै गएको होकी हामीले अरूको संस्कृतिलाई नक्कल गर्ने हो भने हाम्रो मौलिकता हराउदै जाने हो की भनेर चिन्ता ब्यक्त गर्दै चिलचित्रहरुमा मौलिकता, व्यवसायिकता कायम राख्न र कर्पोरेट संस्कृति सिर्जना गर्ने उद्देश्यले आफू फिल्म निर्माणमा आएको गोल्छ ग्रुपका उद्योगी शेखर गोल्छाले बताए । 
उनले फिल्म निर्माणमा आफ्नो आगमनको उद्देश्यबारे अघि भने, ‘यो सिनेमा गर्नुमा व्यवसायिक कारण त छँदैछ । कुनै न कुनै तरिकाले भोलि मौलिकता पनि होस्, व्यवसायिकता पनि होस्, एउटा कर्पोरेट कल्चर पनि आओस् भनेर परान नामक चलचित्रमा आएको उद्योगी गोल्छाले जानकारी दिए ।
चलचित्रमा कथा,निर्देशन दीपक आचार्यको रहने ‘परान चलचित्रमा कलाकार नीर शाहको मुख्य भूमिका रहनेछ ।
साथै मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धी तामाङ, यमन श्रेष्ठ, बबिन राई र आर्यदीप आचार्य लगायतको अभिनय रहने छ ।
व्यावसायिक घराना गोल्छा ग्रुपले पहिले पटक चलचित्र निर्माणमा प्रवेश गरेका हुन ।
निर्माण हुन लागेको चलचित्र ‘परान’ मार्फत चलचित्र निर्माणमा गोल्छ ग्रुपको प्रवेश भएको यो चलचित्रको निर्मातामा शेखर गोल्छ र रञ्जित आचार्यको रहेने ‘परान’को छायांकन यही फागुनको पहिलो साता देखि धनकुटाबाट छायांकन सुरु गरिने निर्देशक दिपक आचार्य ‘काकुले जानकारी दिएका छन् ।
बाइस्कोप सिनेमाको व्यानरमा निर्माण हुने चलचित्रमा कलाकारको लाइनअप आकर्षक बनेको छ । 
केहीदिन अगाडी राजधानीमा आयोजित एक भव्य कार्यक्रमका बीचमा बाइस्कोप सिनेमा कम्पनी र चलचित्र परानाको औपचारिक घोषणा गरिएको हो ।
उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका बिशिष्ठ व्यक्तित्व र उद्योगी ,व्यावसायीहरुको सहभागिता रहेको यिो ।




















