इटहरी । होटल तथा लज ब्यवसायी समिति इटहरीको २८ औं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । 

कोशी प्रदेशकै एक महत्वपुर्ण पर्यटकीय क्षेत्र तालतलैयामा वनभोज सहित आयोजना गरिएको वार्षिक साधारणसभामा वोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पर्यटन वर्ष २०८२का सहसंयोजक कृष्ण शाहले कोशी सरकारले घोषणा गरेको पर्यटन वर्षको पुर्व सन्ध्यामा पर्यटक आउदा कस्ता सेवा ,चाहना राखेर आएको हुन्छ ।    

सहसंयोजक शाहले पर्यटन वर्षमा आउने पर्यटकले आफुसंग स्रोत ,सभ्यता ,सम्वन्ध वोकेर  आउने हुँदा धेरै किसिमको लाभ लिन सकिने समेत बताए । 

कार्यक्रममा समितिका अध्यक्ष उमानाथ दाहालले प्रतिवेदन प्रस्तुत गर्दै वर्ष भरी गरिएका फुड एण्ड बेबरेज, साँगितिक कार्यक्रम ,रक्तदान ,विभिन्न सस्थालाई सहयोग गरेको र दहि चिउरा महोत्सब, ब्यवसायी हरुको समस्य समाधानका लागि सहयोग गर्दै आएको जानकारी गराएका थिए । WhatsApp Image 2025-01-30 at 16.43.46

त्यस्तै होटल व्यवसायीहरुले इटहरी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि महत्वपुर्ण भुमिका खेल्दै आएको र पर्यटकहरुलाई आकर्षित गर्न विभिन्न खाले कार्यक्रम गर्दै आएको पनी समितिका अध्यक्ष दाहाले बताए । 

प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल वनाउन पर्यटन व्यवसायसंग जोडिएका नीजि क्षेत्रका व्यवसायीहरु पनि जुट्नु पर्नेमा कार्यक्रमका वक्ताहरुले वताए थिए । WhatsApp Image 2025-01-30 at 16.43.51

रुपेश दाहाल संयोजनमा भएको कार्यक्रममा पर्यटन वर्ष २०८२ कोशी प्रदेशका सहसंयोजक भविषकुमार श्रेष्ठ, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी,स्थानिय भवन निर्माण ब्यवसायी संघका अध्यक्ष पुष्प नारायण चौधरी , होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल सस्थापक अध्यक्ष मणिन्द्र वहादुर कटुवाल , होटल व्यवसायी महा संघका उपाध्यक्ष देवि गौतम,तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनाल,होटेल ब्यवसायीहरु लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।