इटहरी । सैद्धान्तिक सहित व्यवहारिक शिक्षामा जोड दिदै पठन पाठन गराउदै आएको सुनसरीको इटहरीमा रहेको पाथिभरा सेकेण्डरी स्कुलले स्थापनाको ३२ वर्ष पूरा गरेको छ ।
स्थापनाको ३२ वर्ष पूरा गरेर ३३ औं वर्षमा प्रवेश गरेको अवसर पारेर पाथिभरा सेकेण्डरी स्कुलले विद्यार्थीको सक्रिय सहभागितामा बृहद शैक्षिक महोत्सव आयोजना गरेको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिध्यामा आयोजना गरिएको शैक्षिक महोत्सवमा ९० वटा शैक्षिक तथा व्यवहारिक विषयवस्तु समेटिएका स्टलहरु राखिए थिए ।
इटहरीमै रहेको विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेले विद्यार्थीहरुको यो क्रियाकलापले जीवन उपयोगी शिक्षाको प्रयोग हुन नसकिरहेको अवस्थामा पाथिभूरा स्कुलले समयमा समयमा यस्ता कार्यक्रमले विद्यार्थीहरुमा अझ क्षमता बृद्धिमा सहज हुने बताएका छन ।
शैक्षिक महोत्सवमा विद्यार्थीहरुले छोटो समयमै बनाएका मौलिक श्रृजनाहरूले विधालय तथा विद्यार्थीको दक्षता प्रर्दशन गरेको सुषमा गोदावरी कलेजका प्राचार्य वोधराज नेपालले बताए । 
विद्यार्थीहले वनाएका विज्ञान तथा अन्य विषयका सामाग्रीका स्टलको अवलोकन समेत गरेका मन्त्री भण्डारीले विद्यालय र विद्यार्थीहरुले गरेका प्रर्दशनीको प्रशंषा गरे ।
मन्त्री भण्डारीले विद्यार्थी केन्द्रित महोत्सवले शिक्षामा कक्षा कोठा भित्र –को पठन पाठनको महत्व संगै विधार्थीको सक्रिय झल्कने गरी रचनात्मक र सृजनात्मक कृयाकलाप समेत महत्व हुने वताए ।
संस्कार, संस्कृति सहित शैक्षिक विषय वस्तुका पाठ्यक्रमका साथै व्यवहारिक सिप विद्यार्थीलाई सिकाउने गरेको विद्यालयका अध्यक्ष निर्मल–रिजालले जानकारी दिए । 
अध्यक्ष रिजालले अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको शैक्षिक महोत्सवमा रोवटी साइन्स कारखाना साइन्स सहित नेपाली पराम्परागत विद्यार्थीले बनाएका सामाग्रीहरुका ८० भन्दा बढी स्टल रहेको महोत्सव अवलोकन गर्न ९ सय वढी अभिभावकहरु आएको समेत वताए ।
पाथिभरा सेकेण्डरी स्कुलले समय समयमा विद्यार्थीको सक्रिय सहभागितामा शौक्षिक प्रर्दशनी लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रममा विद्यार्थीहरु द्धारा लिखित पुस्तकको विमोचन गरिएको छ । 
पाथिभरा सेकेण्डटी स्कुलको स्थापना दिवस कार्यक्रममा इटहरी उपमहानगर पालिका वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदी वडा नम्वर ४ का अध्यक्ष भक्त लामा उद्योग वाणिज्य सघ इटहरीका अध्यक्ष जीवन पराजुली साहित इटहरी क्षेत्रका अन्य विद्यालयका सञ्चालक शिक्षकहरु समेतको आतिथ्य रहेको थियो ।




















