इटहरी । आज सहिद दिवसको अबसरमा लायन्स क्लब अफ इटहरी सुनसरी र लियो क्लब इटहरी सुनसरीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरी उपमहानगर पालिका २ स्थिति आपगाँछी फुटशालामा भएको रक्तदान कार्यक्रममा ४४ जना महिला पुरुषले रक्तदान गरेका थिए ।
अस्पतालहरुमा विरामीहरुका लागी रगत अभाव नहोस भन्ने उदेश्य सहित क्लवको यो कार्यक्रमले केही सहयोग पुगोस भनेर सहिद दिवसको अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा लियो क्लब इटहरी सुनसरीका अध्यक्ष सजिवन राईको अध्यक्षता तथा इटहरी उपमहानगर पालिका २ का वडा अध्यक्ष माधब कोइरालाको प्रमुख आतिथ्यका भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ईटहरीका सभापती दिनेश भट्टराई , लायन्स क्लब अफ इटहरीका फस्ट भिपी डम्बर बस्नेत , कोषाध्यक्ष, गोबिन्द घिमिरे, सहसचिव टंक खड्का लियो क्लबका निबर्तमान अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।




















