इटहरी । पुर्वाञ्चल सुनचाँदी व्यवसायी संघ इटहरी ११औं स्थापना दिवसको अवसर पारेर रक्तदान  कार्यक्रमको आयोजना  गरेको छ ।
  विरामीहरुका लागी  अति आवस्यक पर्ने रगत अभाव नहोस भन्दै पुर्वाञ्चल सुनचाँदी व्यवसायी संघ इटहरीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 
   संघका अध्यक्ष टिकाराम विश्वकर्माको  अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ७३ जना महिला पुरुषले रक्तदान गरेका थिए ।IMG_20250128_101558
पुर्वाञ्चल सुनचाँदी व्यवसायी संघका अध्यक्ष विश्वकर्माले हरेक वर्ष स्थापना दिवशमा रक्तदान लगजयतका विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको र यस वर्ष पनि मानव उपचारका लागि अति आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको समेत जानकारी गराए  ।  IMG_20250128_101530
संघका उपाध्यक्ष राजु विश्वकर्मांको संयोजनमा भएको रक्तदान  कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको कार्यक्रममा नेपाल सुनचाँदी कालिगढ संघको समन्वय रहेको थियो । 
रक्तदान कार्यक्रममा सुनचाँदी व्यवसायी, विभिन्न संघ,सस्थाका ब्यक्तीहरु ल्गायतले रक्तदान गरेका थिए