इटहरी  ।   पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सिपमुलक, वैज्ञानिक र व्यवहारिक विषयवस्तु समेटिएको गुणस्तरीय शिक्षा मुलुकको समृद्धिको आधारशिला रहेको बताउनु भएको छ । उहाँले मुलुकको सर्वाङगिण विकासको मुल आधार नै गुणस्तरीय शिक्षा भएकोले यसका लागि सबै नागरिकको समतामुलक र न्यायोचित पहँुच स्थापित गर्नु आजको आवश्यक्ता रहेको उल्लेख गर्नुभयो ।

मंगलबार इटहरीको जनता माध्यमिक विद्यालयमा आयोजित ६८औं वार्षिकोत्सव तथा अभिभावक भेलालाइ सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।IMG-20250128-WA0100

पुर्व राष्ट्रपति भण्डारीले विद्यालय शिक्षाबाट प्राप्त संस्कार र ज्ञान व्यक्तिको जीवनमा चीर स्थायी प्रभाव पार्ने उल्लेख गर्दै त्यसका लागि विद्यालय तहबाटै स्तरीय शिक्षामा सबैको पहुँच स्थापित गर्नु जरुरी छ, भन्नुभयो । 

नेपाल सरकारको शिक्षामा उल्लेखनीय लगानी भएता पनि मुलुकको शैक्षिक प्रणालीका अपेक्षाकृत सुधार हुननसकिरहेको परिवेशमा मुलुकका कतिपय सामुदायिक विद्यालयहरुले पछिल्लो समयमा गुणस्तरीय शिक्षलाइ प्राथमिकता दिदै दक्ष जनशक्ति उत्पादनमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको आफुले पाएको उहाँको भनाइ छ । IMG_20250128_192925उहाँले मुलुकमा भएको स्रोत, साधन र सम्पदाहरुबाट स्वदेशी उत्पादनमा वृद्धि गरी त्यसको निकासी र प्रवद्र्धन र रोजगारी सिर्जनाको माध्यमबाट राष्ट्रिय पुँजी निर्माण गरी अर्थतन्त्रलाइ सवल, समृद्ध र आत्मनिर्भर बनाउन सकिने स्पष्ट पार्नुभयो । मुलुकमा उपलब्ध स्रोत र सम्पदाको पहिचान गरी तिनको दिगो सदुपयोगका लागि आवश्यक पर्ने ज्ञान र व्यवस्थापकीय क्षमता भएको दक्ष मानव संशाधनको विकास गर्ने तर्फ मुलुकको शैक्षिक गतिविधि उन्मुख हुनुपर्ने उहाँको भनाइ थियो ।IMG-20250128-WA0098

पुर्व राष्ट्रपति भण्डारीले विगत सात दशकको सर्घषपुर्ण जीवनमा जनता माध्यमिक विद्यालयले आफुलाइ सुनसरीको उत्कृष्ठ सामुदायिक विद्यायलको रुपमा स्थापित गरी कोशी प्रदेश सरकारबाट पुरस्कृतसमेत भएकोमा बधाइ दिदै नमुना विकास विद्यालय अभियानमा समेत उदाहरणीय बनेकोमा प्रशंशा व्यक्त गर्नुभएको थियो ।

सो अबसरमा उहाँले जनता माविको समग्र विकास र शैक्षिक उत्थानमा महत्वपुर्ण योगदान पुर्याउने शिक्षाविद्, समाजसेवी, अक्षयकोष स्थापनाकर्ता र दाताहरुसमेतलाइ सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

कर्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल र प्रधानाध्यापन पशुपति सिग्देलले वि. सं. २०१३ सालमा स्थापना भएको विद्यालयको समग्र शैक्षिक अबस्थाको बारे चर्चा गर्दै मुलुकको नमुना विकास विद्यालय अभियान अन्तरगत रहेको जनता माविलाइ स्तरीय सामुदायिक विद्यालय बनाउने कार्यलाइ प्राथकिमता दिदै आएको जानकारी दिनुभयो । 

सो अबसरमा प्रतिनिधि सभा सदस्य भगवती चौधरी, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेश सभा सदस्य सपना परियार, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, राष्ट्रिय खेलकुद परिषदेका पुर्व सदस्य सचिव केशबकुमार विष्ट लगायतले बोल्नु भएको थियो ।

 पूर्व राष्ट्रपति भण्डारीद्वारा पत्रकार पोख्रेल सम्मानित

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशका पत्रकार तथा एभिन्युज खबरका कोशी प्रदेश व्युरो प्रमुख सचिन पोख्रेललाई इटहरीमा मंगलबार आयोजित एक कार्यक्रममा सम्मानित गर्नुभएको छ। इटहरीको जनता माध्यमिक विद्यालयमा आयोजित ६८औं वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा पोख्रेललाई सम्मान गरिएको हो । व्युरो प्रमुख पोख्रेल गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्यसमेत हुनुहुन्छ ।

उक्त कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले पत्रकार पोख्रेललाई सम्मानपत्र प्रदान गर्नुभयो। पत्रकारिताको माध्यमबाट पूर्वी नेपालको विकासका लागि गरेको प्रयास र शिक्षा क्षेत्रमा पुर्याएको सकारात्मक योगदानको प्रशंसा गर्दै उहाँलाइ सम्मान गरिएको हो ।

विगत तीन दशकदेखि उहाँले पूर्वी नेपालका सामाजिक, आर्थिक र विकासका मुद्दालाई उजागर गर्दै स्थानीय स्तरमा जनचेतना अभिवृद्धि र विकासका अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

जनता माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका पोख्रेलले विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउँदै विद्यालय र समाजलाई आर्थिक, भौतिक र शैक्षिक दृष्टिले अघि बढाउन सहयोग गर्दै आउनुभएको छ। उहाँको यो योगदानकै कदर स्वरूप विद्यालयले ६८औं वार्षिकोत्सवमा उहाँलाई सम्मानित गरेको हो।

सो अबसरमा पुर्व राष्ट्रपति भण्डारीले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेलाइ पनि सम्मान गर्नुभएको थियो ।

सो अबसरमा प्रतिनिधि सभा सदस्य भगवती चौधरी, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेश सभा सदस्यहरू, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, लगायत विभिन्न स्थानीय जनप्रतिनिधि, शिक्षासेवी, विद्यार्थी र अभिभावकहरूको वृहत् उपस्थिति रहेको थियोे  ।