बिराटनगर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम प्रदेश सम्मेलन विराटनगरमा सम्पन्न भएको छ ।
शनिबार विरानगरको बरगाछीस्थित साजन पार्टी प्यालेसमा प्रदेश सम्मेलन सहित पार्टि प्रवेश कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल समाजवादी पार्टी नयाँ शक्तिका केन्द्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यक्रमको उद्घाटन गरेका हुन् । डा. भट्टराईले आफ्नो सम्बोधनमा वैकल्पिक राजनीतिक दलहरूको महत्व र समाजवादी पार्टीको लक्ष्यबारे चर्चा गरेका छन् ।
उनले वैधानिकता पूर्ण राजनीतिक पार्टी भनेको जनताको विश्वास र समर्थनमा आधारित पार्टी हुनुपर्ने धारणा राखेका छन् । उनले राज्यको व्यवस्थापन र नेतृत्व प्रणालीको ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै, दलहरूको व्यवस्थापन प्रणाली ४०० वर्ष पुरानो प्रचलन भएको बताएका छन् । उनले परिवर्तनशील समयमा नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने नेतृत्वको आवश्यकता औंल्याउँदै समाजवादी पार्टीले त्यस्तो भूमिकामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन ।
सम्मेलनको विशेष भागका रूपमा नयाँ पार्टी कमिटी घोषणा गरिएको छ। नवगठित कमिटीमा ४३ जना सदस्य समेटिएका छन्। सम्मेलनले पार्टीलाई संगठनात्मक रूपमा थप सुदृढ बनाउने, जनताको आवश्यकता बुझ्ने र नवीन राजनीतिक सोचसहित अघि बढ्न भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ कमिटीको घोषणासँगै पार्टीले आफ्ना उद्देश्य र योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने योजना बनाएको छ। कार्यक्रममा भरत दाहाल, निशा श्रेष्ठ, कदार गुरागाईं, नवराज दाहाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।




















