इटहरी । सुनसरीको इटहरी स्थित दुर्गा बचत तथा ऋण सहकारी संस्था लि इटहरीको २४ औ वार्षिक स्थापना दिवशको अवसरमा सेयर सदस्य लगायतका लागी निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । 

इटहरीको दुर्गा पाटी प्यालेसमा आयोजित शिविर नव दृष्टि आँखा अस्पतालका चिकित्सक, प्राविधिकहरुको सहयोगमा भएको शिविरमा एक सय बढीको परिक्षणमा  पाँच जनाको  मोतियाबिन्दु भएको हुदा उनीहरुको  निःशुल्क शल्यक्रिया , औषधि र उचित परामर्श प्रदान गरिने सहकारीका कोषाध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए ।

संस्थाको सामाजिक उत्तरदायी अन्तरगत सेयर सदस्यहरुको स्वास्थ्यको मध्यनजर गर्दै स्थापना दिवसको अवसरमा इटहरी क्षेत्रका सेयर सदस्य तथा इटहरी वासिलाइ लक्षित गरि एक दिने आँखा सम्बन्धी शिविर तथा परामर्श आयोजना गरेको दुर्गा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुवेर शर्माले बताए ।WhatsApp Image 2025-01-24 at 16.25.00

नवराज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न संघ,सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

  सहकारीले नागरिकको स्वास्थ्यलाइ मध्यनजर गर्दै रक्तदान,स्वास्थ्य शिविर लगायतका  बिभिन्न सामाजिक कामहरू गर्दै आएको छ । 

भोली शनिवार सस्थाको २४ औ वार्षिक स्थापना दिवशको विविध कार्यक्रम गरी मनाउने सस्थाका ब्यवस्थापक कुमार निरौलाले जानकारी दिए ।