विराटनगर । नेपाल समाजवादी पाटी नयाँ शक्तीको विराटनगर महानगर समितिको अधिवेशनका लागि अमृत कुमार महतोको संयोजकत्वमा समिति वनाइएको छ ।
केन्द्रीय अधिवेशन नजिकी रहेको समयमा विराटनगरको होटल चिनारीमा भएको भेलाले महानगर अधिवेशन गर्नका लागि महतोको संयोजकत्वमा २१सदसीय समिति वनाएको हो ।
मुलुकको शासन प्रणाली प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था हुनु पर्ने आवाज उठाउदै आएको नेपाल समाजवादी पाटी नयाँ शक्तीले पाटीमा पनि प्रत्यक्ष निर्वाचन गर्ने गरी सदस्यहरुबाट वडा देखि केन्द्र सम्मको नेतृत्व चयनका विषय केन्द्रित भेलामा छलफल गरियो । 
अमृत कुमार महताकोे अध्यक्षता तथा सचिवालय सदस्य केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यमा भएको भेलामा पाटीले नयाँ समाजवादी विकल्प सहित वैकल्पीक शक्तीका रुपमा पाटीलाई अघि वढाउन वैचारिक ,सैद्धान्तिक साथै सरकारले गरेका गलत क्रियाकलापका विषयमा जनतामा जागरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर संगठन विस्तारमा लाग्नु पर्नेमा समेत सहभागीहरुले जोड दिए । कार्यक्रममा नेपाल समाजवादी पार्टीकि संघीय परिषद सदस्य महिला नेतृ निशा श्रेष्ठ, प्रदेश अध्यक्ष शम्भु चौधरी, केन्द्रिय सदस्य सुचिया उँराउ,दिर्घरमण निरौला, जिल्ला अध्यक्ष नवराज दाहाल लगायतले वोलेका थिए ।




















