इटहरी । विश्व भ्रमण गर्ने क्रममा लण्डनबाट नेपालको इटहरी आइपुगेका कृष्णभावनामृत संघमा आवद्ध धार्मिक गुरु महाविष्णु स्वामीलाई इटहरीमा भब्य स्वागत गरिएको छ ।
इटहरी लगायतका पुर्वी नेपालका विभिन्न ठाउँहरु समेत भ्रमण गर्ने गरी आइपुगेका महाविष्णु स्वामीलाई नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ स्कोन इटहरीले स्वागत गरेको हो ।
स्कोन इटहरी आइपुगेका महाविष्णु स्वामीलाई स्कोनका अध्यक्ष ललितवहादुर बानियाँ लगायतले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रमपछि आध्यात्मिक प्रवचन लगायतका कार्यक्रम गरिएको छ ।
सो क्रममा महाविष्णु स्वामीले प्रवचन गरेका थिए । कार्यक्रममा अनुयायीहरुले भजनकिर्तन समेत गरेका थिए । स्कोन इटहरीले धार्मिक जागरणका विभिन्न गतिविधिहरु गर्दै आएको छ । 




















