इटहरी । नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचनबाट निर्वाचितहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।

 नेपाल प्रेस युनियन सुनसरी र प्रेस चौतारी नेपालले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यसमिति , प्रदेश प्रतिनिधि तथा केन्द्रीय प्रतिनिधिहरुलाई सम्मान गरेको हो ।                                                                      नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धुर्व  ढकालको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरियो । IMG_20250115_153203गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा अध्यक्षमा निर्वाचित सन्तोष काफ्‌ले सहित कार्यसमिति ,प्रदेश प्रतिनिधि तथा केन्द्रीय प्रतिनिधिलाई कार्यक्रमका प्रमुख  अतिथी मन्त्री भण्डारी विशिष्ठ अतिथी नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्री उमेश थापा कार्यक्रमका अध्यक्ष लगायतले सम्मान पत्रले सम्मान गरेका थिए । IMG_20250115_145500_1सो अवसरमा वोल्दै मन्त्री भण्डारी कोशी प्रदेश सभामा संचारसम्वन्धी आमसञ्चार विद्येयक आफनै पालमा दर्ता गरिएको वताए । उनले सञ्चार क्षेत्रको विकास र पत्रकारहरुका हकहित समेटिने विद्येयक ल्याउने तयारी गरिएको समेत जानकारी गराए । मन्त्री भण्डारीले नेपालमा  लोकतान्त्रीक व्यवस्था ल्याउन पत्रकारहरुको ठुलो भुमिका रहेको समेत सो अवसरमा वताए ।IMG_20250115_143017

कार्यक्रमका विशिष्ठ अतिथी थापा , नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य अमर खड्का , नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार श्रेष्ठ , प्रेस चौतारी कोशी प्रदेश उपाध्यक्ष सुमन पुरी , अग्रज पत्रकार हर्ष सुब्बा लगायतले सञ्चार क्षेत्र तथा पत्रकारहरुका विषयमा बोलेका थिए ।