उर्लावारी । निम्न वर्गका मानिसहरुका लागि छुट्याएको निःशुल्क उपचार सेवा पहँुचवालाले दुरुपयोग गर्ने कार्यलाई रोक्ने कार्यको थालनी  कोशी प्रदेश सरकारले सुरु गरेको  भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले वताएका छन ।

     मोरङको उर्लावारी स्थति मंगलवोरमा रहेकोे  मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको सेवा विस्तार कार्यक्रमका प्रमुख अतिथी मन्त्री राईले असाहय , अपाङ तथा सडकमा रहेका वृद्धवृद्धाहरुको उपचारका लागि छुट्याइएको निःशुल्क वेड सेवा दुरुपयोग रोक्ने कार्यको सुरुवात गरिएको वताएका हुन । WhatsApp Image 2025-01-13 at 12.58.37

मन्त्री राईले जसको लागि उपचार गर्न छुट्याइएको वेड हो उसले निःशुल्क रुपमा सेवा पाएको छ छैन भनेर   प्रदेशमा रहेका अस्पतालहरुसंग निम्न वर्गका मानिसहरुलाई निःशुल्क रुपमा उपचार गरेको विवरण माग गरिएको समेत सो अवसरमा जानकारी गराए ।WhatsApp Image 2025-01-13 at 12.51.10

 मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सञ्चालक समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति मोरगंका अध्यक्ष अजम्बर राईको अध्यक्षता रहेको कार्यक्रममा अस्पतालमा थप गरिएको सिटी स्क्यानको मन्त्री राईले उदघाटन गरेका थिए । 

सो कार्यक्रममा कोशी प्रदेश सभा सदस्यहरु उमाकान्त गौतम , शोभा चेम्जोङ वालुगां , विद्या चाम्लिगं, मानवहादुर लिम्बु स्तानिय जनप्रतिनिधीहरु लगायतका आतिथीहरुको सहभागिता रहेको थिथो ।