इटहरी । नेपाली कांग्रेस खोटाङ जिल्ला मूलका नेता तथा कार्यकर्ताहरूको जमघट तथा भेटघाट कार्यक्रम इटहरीको लायन्स भवनमा  सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता खोटाङ साकेला गाउँपालिकाका ८७ वर्षीय जेष्ठ नागरिक चन्द्र बहादुर खड्काले गरेका थिए। प्रमुख अतिथिका रूपमा भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री माननीय श्री भुपेन्द्र राईले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।

खोटाङ जिल्लाबाट सुनसरीमा स्थानान्तरण भई राजनीतिक, सामाजिक र सांस्कृतिक योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूको जमघटले पार्टी भित्रको एकता र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।IMG_20250111_174619 साविक खोटाङबाट हाल सुनसरीमा बसोबास गर्दै विभिन्न पद तथा जिम्मेवारीमा रहेका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा दिव्य राज गुरुङ  सिताराम कटुवाल ,विष्णु खड्का , जितेन्द्र चाम्लिङ राई र  भक्त बहादुर पुरी रहेका थिए ।             कार्यक्रममा ठूलो संख्यामा उपस्थित स्थानीय कांग्रेस कार्यकर्ता, बुद्धिजीवी, र समुदायका सदस्यहरूले पार्टी र समाजप्रतिको जिम्मेवारीका विषयमा छलफल गरेका थिए। कार्यक्रमले खोटाङ र सुनसरीबीचको आपसी सम्बन्धलाई बलियो बनाउँदै नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रममा नेपाल तरुण दल सुनसरीका अध्यक्ष तथा कोशी प्रदेश सदस्य सिजन गुरुङ, नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाल मगर संघका उपाध्यक्ष श्री इच्छु राना मगर, नेपाली कांग्रेस रामधुनी नगर सभापति श्री सुदिप अधिकारी, र पुर्व सुनसरी क्षेत्र नं. २ सभापति श्री मणिराम श्रेष्ठ लगायतको सहभागित रहेको  थियो ।