इटहरी । सुनसरीको इटहरीमा रहेको टोल विकास लघुउद्यम सहकारी संस्था लिमिटेडले आफनो १५औं स्थापना दिवसको अवसर पारेर विभिन्न विद्याका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

 सहकारीमा आवद्ध सेयर सदस्य तथा सेयर सदस्यका परिवारका २६जनालाई विभिन्न विद्यामा सम्मान गरिएको हो ।IMG_20250110_120232 सहकारीले स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य, नियमित वचतकर्ता , ऐच्छिक वचतकर्ता , वाल वचतकर्ता , असल ऋणी , सेयर सदस्यका एसइइ र प्लस टुमा उत्कृष्ट नम्बर ल्याउने सन्ततीहरुलाई समेत पुरस्कृत तथा सम्मान गरियो । IMG_20250110_121459संस्थाका अध्यक्ष राजेन्द्र केशरी घिमीरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको स्थापना दिवस कार्यक्रममा संस्थाको प्रगति विवरण अध्यक्ष घिमीरेले प्रस्तुत गरेका थिए । IMG_20250110_120435सो क्रममा हाल संस्थामा १हजार १सय ६६ सेयर सदस्य रहेको जानकारी समेत गराए । कार्यक्रममा इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेल, सहकारी बैक इटहरी प्रमुख सविना श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।