इटहरी । नेपाल एकीकरणका अभियान्ता राष्ट्र निर्माता  पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरीमा  भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ । 

     राष्ट्र निर्माता  पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्तीको अवसर पारेर सुनसरीको इटहरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइने वौद्धिक व्यक्तित्वहरुका साथ परिसम्वाद तथा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

    भोलाकाजी बस्नेतको संयोजकत्वमा  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता  दिवस मुल समारोह समिति गठन गरी  भव्य रुपमा पृथ्वी जयन्ती मनाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

 पत्रकार सम्मेलनमा इटहरीमा २०६९  देखि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य रुपमा मनाउदै आएको छ ।WhatsApp Image 2025-01-08 at 15.50.43

यस वर्ष पनि नेपाल एकीकरणमा पृथ्वि नारायण शाहले पुर्याएको योगदान , त्यस समय नेपालको सामाजिक ,आर्थिक अवस्थाका साथै शासन शैलीका विषयमा वक्ताहरुले चर्चा गर्ने पृथ्वि जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह संयोजक भोलाकाजी वस्नेतले जानकारी दिए ।

 इटहरीको मुख्य चौक पश्चिम लाईन पुर्वपश्चिम राजमार्गसंगै आयोजना गरिने कार्यक्रममा प्रमुख वक्ताका रुपमा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख गोविन्द वहादुर तुम्वाहाम्फे रहनेछन । केही वर्ष यता देखि इटहरीमा राष्ट्र निर्माता  पृथ्वीनारायणको स्वरुपमा मानिसलाई सजाएर घोडामा सवार गराउदै मुख्य चौक क्षेत्रमा परिक्रमा समेत गराउदै आएकोमा यस पटक पनि निरन्तरता दिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सप्ताह व्यापी रुपमा मनाइने पृथ्वि जयन्तीका अवसरमा वौद्धिक व्यक्तित्वहरुका साथमा पृथ्विनारायण शाहका विविध आयामका विषयमा वहस , नेपाल एकिकरणमा पृथ्वि नारायण शाहको योगदान शिर्षकमा अन्तर विद्यालय तथा अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भई सकेको समेत वताए ।

यही पौष २७ गते आयोजना गरिने मुल कार्यक्रममा विभिन्न संघ संस्था ,  जातजातिय संघसंस्थाहरुको तर्फबाट जातिय भेषभुषामा सजियर झाँकी सहित र्याली निकाली कार्यक्रम स्थलमा पुगेर विधिवत रुपमा कार्यक्रम सञ्चालन गरिने छ ।

 पत्रकार सम्मेलन सहित आयोजना गरिएको वौद्धिक व्यक्तित्वहरुका साथमा परिसम्वादमा पृथ्वि जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहका सस्थापक संयोजक प्रा.डा.बद्री विशाल पोखरेल, जनता वहुमुखी क्याम्पस इटहरीकी प्रमुख प्रा.डा.गीता अधिकारी पौडेल, सुषमा गोदावरी कलेजका प्राचार्य वोधराज नेपाल ,कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेल , प्याब्सन इटहरीका अध्यक्ष सुर्यमणी निरौला,पिसजोन आवसिय माविका प्रिन्सिपल केशव भट्टराई , कोशी सेन्टजेम्स विद्यालयका प्रिन्सिपल रामकुमार कालाखेती ,मुल आयोजक समितिका संयोजक भोलाकाजी बस्नेत लगायतले पृथ्वि नारायण शाहले ससाना राज्यहरुलाई एकिकरण गरी वर्तमान नेपाल वनाएको , त्यस समयको प्राकृतिक श्रोत र सम्पदाको उपयोग गरी आत्मनिर्भर ,स्वाधिन र स्वावलम्वि अर्थतन्त्र सहितको सवल राष्ट्र रहेको लगायतका वहु आयमिक व्यक्तित्वका रुपमा परिसम्वाद गरेका थिए ।