इटहरी ।  स्वअध्ययनका माध्यमबाट शिक्षा हासिल गरि अरुलाई समेत शिक्षित वनाउने प्रेरणा प्रदान गर्दै आएका सुनसरीको इटहरीका ८४ वर्षिय जेष्ठ नागरिक प्रभुनाथ चौलागाईको पुस्तक ज्ञान लहरी एक कार्यक्रमका विच लोकार्पण गरिएको छ ।

       पुस्तकका लेख प्रभुनाथ चौलागाईको ८४औं जन्मोत्सवको अवसर पारेर इटहरी साहित्यिक समुह र चौलागाई प्रतिष्ठान कोशी प्रदेशको संयुक्त आयोजनामा ज्ञान लहरी कार्यक्रमका प्रमुख अतिथी अच्छा राई रसिक साहित्यक प्रतिष्ठानका अध्यक्ष लेखनाथ घिमिरेले लोकार्पण गरेका हुन ।IMG_20250106_121643

    लेखक चौलागाईकी धर्मपत्नी सरस्वती चौलागाई प्रकासिका रहेको ज्ञान लहरीका लेखक चौलागाईका विषयमा मुख्य वत्ता डा.अस्मिता विष्ट, वत्ताहरु दिनेश भट्टराई,डा.मोहन तुम्वाहाङ इटहरी साहित्यिक समूहका सचिव जगदिश सापकोटा लगायतले चर्चा गरेका थिए । कार्यक्रमका सहभागी वक्ताहरुले ज्ञान लहरी पुस्तक सहित प्रभुनाथ चौलागाइको जिवन ,भोगाई र शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानका विषयमा समेत बोलेका थिए ।  कार्यक्रम इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमको अध्यक्षतामा भएको थियो ।  IMG_20250106_125045