सुन्दरहरैचा । थारु जातिको संस्कार संस्कृति , सभ्यता चिनाउने तथा युवापुस्तालाई पुरातात्विक सम्पदा पहिचान गराउने उद्धेश्यले मोरगंको सुन्दरहरैचामा प्रथम माघी महोत्सव आयोजना गरिने भएको छ ।
जातिय भेषभुषा ,संस्कार संस्कृति पहिचान सहितको थारु जातिसंग जोडिएको ऐतिहासिक पुरातात्विक महत्व वोकेका सामाग्रीहरुको पहिचान सहित संरक्षणमा युवा पुस्तालाई सहभागिता गराउने उद्धेश्यले थारु सांस्कृतिक संग्राहलय सुन्दरहरैचाले पहिलो पटक माघी महोत्सव आयोजना गर्न लागेको हो ।
आगामी माघ १गते देखि ७ गते सम्म सञ्चालन हुने माघी महोत्सव आयोजना गरिने पत्रकार सम्मेलन गरी जानकारी गराइयो । सो पत्रकार सम्मेलनमा आयोजक थारु सांस्कृतिक संग्राहलयका अध्यक्ष चिन्तुलाल चौधरीले थारुजातिको उत्थान ,प्रवद्र्धनका साथै व्यापार प्रवद्र्धनका साथै संस्कार संस्कृति जर्गेनामा माघी महोत्सव महत्वपुर्ण हुने जानकारी गराए ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ दुलारी हवेली टोलमा निर्माण गरिने थारु सांस्कृतिक संग्राहलय क्षेत्रमा सञ्चालन गरिने महोत्सवमा थारु जातिका भेषभुषा,जातिय परिकार , परम्परागत चलनचल्तीका सामाग्री साथै स्थानीय उत्पादन ,कृषि ,औधोगिक,व्यापार , होटल व्यवसाय, शैक्षिक क्षेत्र लगायतका ७० वटा स्टल समेत राखिने जनाइयो ।
थारु सांस्कृतिक कार्यक्रम सहित राष्ट्यि तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने गरी दैनिक सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । पत्रकार सम्मेलनमा सहभागी सुन्दरहरैचा नगरपालिका उपप्रमुख अकली देवी चौधरीले थारु सभ्यता महत्वपुर्ण रहेको भन्दै थारु संस्कृति संरक्षणका लागि आयोजना गरिने कार्यक्रम सफल वनाउन सवैले सहयोग गर्नु पर्नेमा जोड दिइन । उनले थारु संग्राहलय निमार्ण कार्यमा समेत स्थानीय सरकारले सहयोग गर्ने वताइन ।
थारु संग्रालय निर्माण कार्यमा सहयोग जुटाउने उद्धेश्यले आयोजना गर्ने माघी महोत्सवले समेत यस क्षेत्रको विकासमा सहयोग पुरयाउने सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष कैलाश बस्नेतले वताउछन । जातिय संग्रालय वनाउने कार्यमा सहयोग जुटाउने उद्धेश्यले आयोजना गर्न लागिएको माघी महोत्सवमा स्थानीय कलाकारहरुलाई विशेष प्राथमिकतामा राखेर जातिय पहिचान संस्कृति झल्कने सांगितिक कार्यक्रम दैनिक गरिने महोत्सव आयोजक संग्राहलयकी उपाध्यक्ष नकमिता चौधरीले जानकारी दिइन । पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघ सुन्दरहरैचाका अध्यक्ष सुमन याख्या लगायतको सहभागिता रहेको थियो । महोत्सव सञ्चालनका लागि ६०लाख खर्च हुने तथा एक करोड वढीको आम्दानी हुने अपेक्षा गरिेएको छ ।