इटहरी । कोशी प्रदेशको महत्वपुर्ण एक पर्यटकीय क्षेत्र इटहरीमा रहेको तालतलैया क्षेत्रलाई सफा ,सुन्दर वनाउने उद्धेश्यले अहमदिया मुस्लिम जमातले सरसफाई गरेको छ ।
जाडो मौसममा धेरै वनभोज टोलीहरु आउने तालतलैयामा आवश्यक सरसफाई नभएको गुनासो वढी रहेको तर्फ मध्यनजर गर्दै अहमदिया मुस्लिम जमातले सरसफाई गरेको हो ।
नेपाल सरकारले घोषणा गरेको एक सय गन्तव्यको सुचिमा सुचिकृत तालतलैया क्षेत्रमा वनभोज खान आउनेहरुले जथाभावी रुपमा फोहोर फ्यालेको र सरसफाई नगरिएको भन्दै सामाजिक सञ्जालहरुमा समेत गुनासो बढी रहेको थियो । त्यसैलाई मध्यनजर गर्दै वनभोज टोलीलाई आकर्षित गर्न सरसफाई गरिएको आयोजकहरुले वताएका छन ।
सरसफाईमा अहमदिया मुस्लिम संघ नेपालका उपाध्यक्ष तथा जेष्ठ नागरिक अध्यक्ष महोमद इस्माइल , अहमदिया मुस्लिम संघ नेपालका उपाध्यक्ष हैदर मियाँ , सुनसरी मोरगं सर्कल इञ्चार्ज शेराज अहमद लगायतका युवाहरुको सहभागितामा सरसफाई गरेको रहेको थियो ।
अहमदिया मुस्लिम संघ नेपालले समय समयमा विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको अहमदिया मुस्लिम संघ नेपालका उपाध्यक्ष हैदर मियाँले जानकारी दिए ।