इटहरी । पर्यटन वर्ष २०८२ लाई लक्षित गर्दै गायिका गंगा गौतम आचार्यको  पश्चिममा राम्रो धनगढी हाम्रो ,पुर्वमा राम्रो धरान, नेपाली हामी नेपालकै वासी नेपाललाई माया गरौन बोलको गित सार्वजनिक भएको छ ।

 पुर्वी नेपालको इटहरीमा रहेर गितसंगितका क्षेत्रमा योगदान पुर्याउदै आएकी गंगा गौतम आचार्यले नेपालको पर्यटन प्रवद्र्धनलाई  गित संगित र साहित्यका   माध्यमबाट सघाउ पुर्याउदै आउनुभएको छ ।

माथी प्रस्तुत गरिएको गायिका गंगा र सन्तोष विसीले गाएको यो गितले पनि नेपालको मेचि देखि महाकाली सम्मको सौन्दर्यलाई वर्णन गरेको छ ।

जसले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सांगितिक माध्यमबाट नेपालका हिमाल ,पहाड देखि तराई सम्मका मनमोहक स्थलहरु घुम्न आउन गितको मध्य बाट निमन्त्रणा गरेको छ ।

    हालै  सार्वजनिक भएको गितमा  धार्मिक तथा पर्यटकीय  स्थलहरुको वर्णन गरिएका शब्दहरुले आगन्तुकहरुलाई ति गाउँहरुमा रहेका पर्यटन स्थलहरुमा आउन थप आकर्षित गर्ने र यो म्युजिक भिडियोले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहयोग पुर्यउने उदेश्यले गित लेखेको गायिका गौतम बताउनु हुन्छ  ।83695593_2642984139268421_1645150711215816704_n

  पुर्वी नेपाल पनि वहुजाति भाषा संस्कृतिका साथै हिमाल ,पहाड , तराईका छुट्टाछुट्टै विशेषता रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा देखि समुन्द्र सतहबाट ७० मिटर मात्र उचाईमा रहेको केचनाकवल सहित विभिधताले भरिपुर्ण रहेको छ ।

आन्तरिक तथा वाह्य पर्यटकहरु यहाँको विविधता हेर्न र रमाउन आउने गर्दछन । त्यसैलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको छ ।

 प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल वनाउन सांगितिक क्षेत्रबाट सहयोग पुर्याउने उद्धेश्यले कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरुलाई समेटेर आफुहरुले आगन्तुहरुलाई गित संगितबाट निमन्त्रणा गर्ने गरी गित लेखेको गायिका गौतमले  वताउनुभयो  ।de71be83-e0ca-4a89-9330-bb048414b1c4

गायनका साथै शव्द समेत आफै तयार पार्ने गंगा गौतम  वि.सं.२०६७सालमा पुर्वाञ्चल व्यापी खुल्ला लोक गित प्रतियोगितामा दोस्रो , २०६८सालमा सुनसरी व्यापी लोक गित प्रतियोगितामा पहिलो वन्न सफल भई सक्नु भएको छ ।

 गायनको क्षेत्रबाट विभिन्न सम्मान र अवार्ड प्राप्त गरिसकेकी गायिका गौतमले नवदेवी सम्मान , जोम्वोलिङ इन्टरनेशन अवार्ड सिंगापुरमा प्राप्त गरिसकेकी छिन । पछिल्लो समय गायक शम्भु राईसंग गाएको गायिका गौतमकै शव्द रहेको धनकुटा धरान कहाँ हुन्छ जन्म , कहाँ हुन्छ मरण भन्ने गितले गंगालाई अझ उचाईमा पुर्याएको छ ।

गौतमको सबै गितहरुमा बातवरण सम्बन्धी,ट्राफिक जनचेतनाका सथै तिज र तिहारका गितहरुमा पनी मौलिक,सास्कृतिक झल्कले,सन्देश मुलक लगायतका गितहरु गाउदै आउनु भएको छ ।

विभिन्न रेडियो र टेलिभिजनमा कार्यक्रम प्रस्तोता र सहजकर्ता समेत रहेकी गायिका गंगाका हाल सम्म करिव ५  दर्जन वढी गितहरु गंगा गौतमको अफिसियल युटुवबाट सार्वजनिक भई सकेका छन भने  रेकडिङ भई सकेका अरु १० वटा गित छायाँकनको तयारी गरिरहेको गौतमले जानकारी दिनुभयो ।          https://www.youtube.com/watch?v=0fKC0lXR4Vc