इटहरी । स्थानिय भवन निर्माण व्यवसायी संघ इटहरीको अधिवेशनले पुनः पुष्प नारायण चौधरीको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।
उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा आयोजित स्थानिय भवन निर्माण व्यवसायी संघ इटहरीको ११औं साधारणसभा तथा अधिवेशनले पुष्प नारायण चौधरीको अध्यक्षतामा १५ सदसीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सो नयाँ कार्य समितिको उपाध्यक्ष प्रभु नारायण, सचिव राजेश चौधरी, कोषाध्यक्ष भिम प्रसाद योङहाङ लिम्बु,सहसचिव अमसुल मियाँ लाई सर्वसम्मतले चयन गरेको छ ।
त्यसै गरी सदस्यहरुमा सुशिल चौधरी,युवराज कार्की,मनकलाल धामी,लक्ष्मीकात्त झा,रमेश तामाङ,राम प्रसाद चौधरी,संजय सिंह,प्रकाश चौधरी,चन्दन चौधरी,रमेश चौधरी रहेका छन ।
पुष्प नारायण चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीको प्रमुख आतिथ्यमा साधारण सभाको उदघाटन सत्र सम्पन्न भएको थियो ।
खुला सत्रमा अध्यक्षले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै निर्माणका समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै कामदारको विमा , कामदारहरुलाई प्रविधि मैत्री तालिम , प्रविधिको प्रयोग वढाउने कार्यमा संघ गम्भीर रहेको वताए ।
त्यसै गरी कोषाध्यक्ष भिम लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, होटल तथा लज ब्यवसायी समितीका अध्यक्ष उमेश दाहाल, स्थानिय भवन निर्माण व्यवसायी संघ धरानका अध्यक्ष नारायण लिम्बु, स्थानिय भवन निर्माण व्यवसायी संघ दुहबीका अध्यक्ष शिव नारायण चौधरी लगायतको अतिथ्य रहेको थियो ।




















