इटहरी ।  टोल विकाससंग जोडिने गतिविधिको छलफल लगायतका कार्य सम्पादनका लागि इटहरी उपमहानगरपालिका वडा नम्बर ५ तुलसा टोल विकास संस्थाले आफनै भवन वनाएको छ ।

    इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरीले नव निर्मित तुलसा टोल विकास संस्थाको भवन सहित टोल प्रवेशद्धारको उदघाटन गरेकी हुन ।

तुलसा टोल विकास संस्थाको ९औं वार्षिक साधारणसभाको अवसर पारेर टोल विकास संस्थाको नव निर्मित भवन र प्रवेशद्धारको उदघाटन गरिएको हो । सो कार्यक्रममा भवन निर्माणका लागि जग्गा प्रदान गर्ने शारदाप्रसाद अधिकारी , मेनुका अधिकारी र लक्ष्मी अधिकारी दाहाललाई सम्मान गरियो ।WhatsApp Image 2025-01-04 at 17.19.58

सभा हल सहितको भवन निर्माणका लागि अधिकारी परिवारले साढे ६ धुर जग्गा टोल विकास संस्थालाई दिएका थिए । त्यसै गरी वार्षिक साधारण सभामा प्रवेश द्धार वनाउन सहयोग गर्ने सहयोगदाताहरु , टोल विकासका जेष्ठ नागरिक दुई जना महिला दुई जना पुरुष लगायतलाई सम्मान गरियो ।WhatsApp Image 2025-01-04 at 17.20.04

तुलसा टोल विकास संस्थाका अध्यक्ष तुलसी प्रसाद भट्टराईको अध्यक्षतामा भएको वार्षिक साधारणसभालाई सम्वोधन गर्दै प्रमुख अतिथी उपप्रमुख चौधरीले आफनै भवन वनाएर टोल विकासका गतिविधि सञ्चालनलाई सहज वनाउने कार्य तुलसा टोल विकास संस्थाले गरेको भन्दै प्रशंषा गरिन ।WhatsApp Image 2025-01-04 at 17.19.49

उनले आगामी दिनमा समेत उपमहानगरपालिकाले टोल विकासहरुलाई सहयोग गर्ने वताइन । वार्षिक सधारणसभाका अवसरमा सचिव श्याम भटटराईले भवन वनाएपछि टोल विकासका कार्यहरु गर्न सहज भएको वताए ।WhatsApp Image 2025-01-04 at 17.19.50

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ५का वडाध्यक्ष भिष्मकुमार घिमीरे, तुलसा टोल विकास संस्थाका सस्थापक अध्यक्ष क्षेत्र बहादुर कार्की,पुर्व अध्यक्ष जगननाथ दाहाल,सल्लहाकार देवि कार्की लगायतको सहभागिता रहेको थियो ।