इटहरी । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ सफल वनाउन पर्यटन व्यवसायीहरु अहिले देखि नै जुट्नु पर्ने सुनसरीको इटहरीमा  रहेको  तालतलैयामा आयोजित  एक कार्यक्रमका अतिथी वक्ताहरुले जोड दिएका छन ।

  जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको दोस्रो वार्षिक साधारण सभाका वक्ताहरुले प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल  वनाउन पर्यटन व्यवसायसंग जोडिएका नीजि क्षेत्रका व्यवसायीहरु पनि जुट्नु पर्नेमा वताए हुन ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पर्यटन वर्ष २०८२का सहसंयोजक कृष्ण शाहले कोशी सरकारले घोषणा गरेको पर्यटन वर्षको पुर्व सन्ध्यामा पर्यटक आउदा कस्ता सेवा ,चाहना राखेर आएको हुन्छ ।          IMG_20250102_193959                                     कस्ता पुर्वाधार वनाउन पर्छ कसरी चर्चासंगै कार्य थाल्नु पर्ने वताए । सहसंयोजक शाहले पर्यटन वर्षमा आउने पर्यटकले आफुसंग स्रोत ,सभ्यता ,सम्वन्ध वोकेर आउने आउने हुँदा धेरै किसिमको लाभ लिन सकिने समेत जानकारी गराए ।

कोशी प्रदेशको एक महत्वपुर्ण पर्यटकीय क्षेत्र तालतलैयामा वनभोज सहित आयोजना गरिएको वार्षिक साधारणसभामा वोल्दै पर्यटन वर्ष २०८२ कोशी प्रदेशका अर्का सहसंयोजक भविषकुमार श्रेष्ठले पर्यटकहरुलाई आकर्षित गर्न विभिन्न खाले कार्यक्रम गर्नु पर्ने वताए । IMG_20250102_193914विगत देखि नै कोशी प्रदेशका उत्पादनहरु साथै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने गरी इर्स्टन ट्राभल मार्ट गरिदै आएको छ । नेपाल,भारत ,भुटान र वंगलादेशका ट्राभल क्षेत्रमा आवद्धहरुको सहभागितामा आयोजना गरिदै आएको इर्स्टन ट्राभल मार्टको उदघाटन साथै अन्य केही कार्यक्रमहरु इटहरीमा आयोजना गरिने समेत सहसंयोजक श्रेष्ठले जानकारी गराए ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले पर्यटनसंग जोडिने खाना महोत्सव सहित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी गराए । होटल व्यवसायीहरुले इटहरी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि महत्वपुर्ण भुमिका खेल्दै आएको नेपाली काँग्रेस इटहरीका उपसभापति कोविदजंग कार्की , इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल , होटल व्यवसायी महासंघका उपाध्यक्ष देवि गौतम , होटल व्यवसायी महासंघ कोशी अध्यक्ष राजन दंगाल सस्थापक अध्यक्ष मणिन्द्र वहादुर कटुवाल , उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पिताम्वर पोखरेल ,   होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ , जनता वहुमुखी क्याम्पस इटहरीका अध्यक्ष विकास केसी , सिवी कलेजका अध्यक्ष देशवन्धु कार्की, होटल व्यवसायी संघ इटहरीका महासचिव आरोन कार्की लगायतले वताए । इटहरीमा होटल व्यवसायीहरुले पर्यटन प्रवद्र्धनका लागि विभिन्न  कार्यक्रमहरु गर्दै आएका छन ।