इटहरी । नेपाल शैक्षिक परामर्श सघं इक्यान पूर्वाञ्चलको आठौँ वार्षिक साधारणसभा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
इटहरी स्थित दुर्गा पार्टी प्यालेस इटहरीमा भएको वार्षिक साधारणसभाले शैक्षिक परामर्श सघंका आगामी योजनाहरू, कार्यप्रणाली र लक्ष्यहरूलाई विस्तार पूर्वक छलफल गर्दै शैक्षिक क्षेत्रको सशक्तिकरण र शैक्षिक परामर्श सुधारमा सघंले वर्ष भरी गरेको कामको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा इक्यान पूर्वाञ्चल अध्यक्ष अध्यक्ष रवीन्द्र निरौलाले आगामी वर्षमा शैक्षिक परामर्शको क्षेत्रलाई अझ प्रभावकारी र दक्ष बनाउन संघको निरन्तर ता रहने बताए ।
कार्यक्रम नेपाल शैक्षिक परामर्श सघंका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिव दीपकराज भुसाल, सचिव भवनाथ हुमागाई लगायतले शैक्षिक क्षेत्रमा सुधार र समृद्धि ल्याउनका लागि शैक्षिक परामर्शको महत्त्व र विद्यार्थीहरूलाई उपयुक्त मार्गदर्शन प्रदान गर्ने कार्यमा संघको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका थिए ।
इक्यान पूर्वाञ्चलले ८ औ बार्षिक साधारण सभा सम्पन्न गरी संघले शैक्षिक क्षेत्रको उन्नति र विकासमा सहयोग पुर्याउने उदेश्यले अध्यक्ष रबिन्द्र निरौलाको नेतृत्वमा ३६ जनाको टोलि शैक्षिक तथा अवलोकन भ्रमणका लागि बंगलादेश प्रस्थान गरेको छ ।




















