इटहरी । रोटरी क्लव अफ इटहरीले गित संगितका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै गायिका कुन्ती मोक्तान र संगितकार शिलावहादुर मोक्तानलाई सम्मान गरेको छ ।

     एक विशेष कार्यक्रमको आयोजना गरि रोटरी क्लव अफ इटहरीले गितसंगितमा सर्मपित जोडि कुन्ती र शिलावहादुरलाई सम्मान गरेको हो ।                                     रोटरी क्लव अफ इटहरीले स्रस्टा सम्मान तथा सांगितिक साँझ नाम आयोजना गरि कुन्ती मोक्तान र शिलावहादुर मोक्तानलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका कानुन मन्त्री रेवती रमण भण्डारी ,कार्यक्रमका अध्यक्ष रोटरी क्लव अफ इटहरीका अध्यक्ष कृष्णराज श्रेष्ठ कार्यक्रम संयोजक सन्तवहादुर डुम्जनले सम्मान गरेका हुन ।

   सोही कार्यक्रममा गायिका कुन्ती मोक्तान , वलराम समाल , सिमला धिताल लगायतले गित संगित प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी मन्त्री भण्डारीले गितसंगितले राष्ट्को पहिचानका लागि विशेष भुमिका खेल्ने भन्दै सांगितिक विना समाज मुर्दा तुल्य हुने भन्दै सांगितिक उचाईका मानिसहरुलाई सम्मान गर्ने कार्य महत्वपुर्ण भएको वताए ।

सो कार्यक्रममा रोटरी क्लव अफ इटहरीकोे परिचय सहित गतिविधिका विषय समेटेरको भिडियो समेत प्रस्तुत गरियो । कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष आरके कोयु राई , रोटरी क्लवका पुर्व अध्यक्ष ,पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।