इटहरी । इटहरीको तरहरामा जारी रहेको तरहरा उत्सव २०८१को अवसर पारेर राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल र सृष्टि सञ्जिवनी आयुर्वेद क्लिनिक इटहरीले निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ ।
तरहरा उत्सबका सहभागीहरुलाई लक्षित गरी इटहरी उपमहानगरपालिकाको वडा नम्बर २० तरहरामा निसुल्क आयुर्वेदिक स्वास्थ्य सिविर सम्पन्न गरेको हो ।
तरहरामा रहेको स्वास्थ जीवन आयुर्वेदिक ओखती घरको सहयोगमा आयोजना गरिएको निशुल्क स्वास्थ्य परिक्षण शिविरमा काठमाडौ नरदेबी आयुर्वेद चिकित्सालयका आयुर्वेद फिजिसिएन डा. दिगाम्बर उपाध्ययले विरामीहरुको परिक्षण गरेका थिए । स्वास्थ्य शिविरमा
परिक्षण स्वास्थ्य सिविरमा बाथ , पायल्स ,ग्यास्टिक , सुगर ,प्रेसर , दम , छाला लगायतका स्वास्थ्य समस्याहरुको परिक्षण सहित परामर्श प्रदान गरेको राष्ट्यि आयुर्वेद एशोसिएसन नेपालका जगत वहादुर भट्टराईले जानकारी दिए । पछिल्लो समयमा पुर्वी नेपालमा आयुर्वेद उपचार पद्धती तर्फ मानिसहरुको आकर्षण वढ्न थालेको छ ।




















